विश्व कविता दिवसको अवसरमा झ्याउरे कविता वाचन
झापा, चैत ८ । विश्व कविता दिवसको अवसर पारेर राजधानीमा झ्याउरे कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । पेरोल साहित्य प्रतिष्ठान नेपाल र झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ‘जमुना’ महाकाव्यको विमर्श समेत गरिएको थियो ।
त्रिरपुरेश्वरको बोेगन भिल्ला काठमाडौँमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा महाकवि प्रा.डा रमेशचन्द्र अधिकारीले पानसमा दीपप्रज्वलित तथा व्यानर वाचन गरेर कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रमा विशेष अतिथिहरू वरिष्ठ साहित्यकार तथा महाकवि डा.शैलेन्दुप्रकाश नेपाल र वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा साथै अतिथिहरू सङ्गीतकार तथा गायक नरहरि प्रेमी र साहित्यकार पेशलकुमारर लुईँटेल रहनु भएको थियो ।
राष्ट्रियगानबाट सुरु गरिएको कार्यक्रममा झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको स्लोगाना समेत गाइएको थियो । कार्यक्रमलाई कवि क्रान्ति पराजुलीले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा झ्याउरे छन्दमा लेखिएको ‘जमुना’महाकाव्यबाट सिर्जना वाचन गरिएका थिए । सर्वप्रथम काभ्रेबाट कवि कालिका त्रिपाटी पन्तले ‘अचानक मेरो जन्म’ शीर्षकको कविता वाचन गर्नु भएको थियो । जमुना कृति अभियन्ता,आशुकवि,महाकवि तथा पत्रकार रेणुका भट्टराई ‘मञ्जरी’द्धारा रचना गरिएको कृति हो ।
कार्यक्रममा विशेष अतिथि महाकवि डा.शैलेन्दुप्रकाश नेपालले जमुना कृतिमाथि समीक्षात्मक टिप्पणी राख्नुहुँदै झ्याउरे छन्दमा लेखिएको नारीहस्ताक्षरको प्रथम कृति जमुना महाकाव्य नेपाली साहित्य भण्डारन हुनु सुखद भएको बताउँदै भट्टराईलाई दिएको आशुकविको उपाधी सहि भएको बताउनु भयो साथै जमुना महाकाव्य आत्मपरक पहिलो महाकाव्य बन्न पुगेको समेत उल्लेख गर्दैै महाकाव्यलाई सामाजिकीकरण समेत गरिएको ऐतिहासिक महाकाव्य भएको जानकारी गराउनु भयो । मौलिक लोकलयमा यतिको महाकाव्य आउनु खुसीको कुरा हो भन्नुहँुदै रचनाकारलाई शुभकामना दिनु भएको थियो ।
कार्यक्रम जमुना महाकाव्यमय भएको थियो प्रतिकुल मौसमका बावजुत पनि भव्य सम्पन्न उक्त कार्यक्रममा जमुना महाकाव्यबाट साहित्यकार खगेन्द्र बत्सेलले पाल्पा वर्णन,साहित्यकार रुवि सत्याल र कवि तथा पत्रकार जयराम विडारीले दोहोरी झ्याउरे गीत गाउनु भएको थियो ।
गीति भास्करले परिचित लोकगायक मच्छेश्वर सापकोटाले आफ्ना केही झ्याउरे भाकाका गीत सहित महाकाव्यबाट समेत वाचन गर्नु भएको थियो । साथै काभ्रेकी हाम्री चेलीको सफलता हाम्रो भन्दै शुभकामना समेत दिनु भयो । साथै सङ्गीतकार तथा गायक नरहरि प्रेमीले अभियानको श्लोगाना र तामाङ सेलो सहित जमुना महाकाव्यबाट घाँसेगीत गाउदा मञ्चमा निक्कै रमाइलो भएको थियो ।
कार्यक्रममा अतिथि साहित्यकार पेशलकुमार लुइँटेलले अग्रज साहित्यकारले अनुजलाई साथ सहयोग गर्नु पर्ने भन्दै अभियानमा रेणुका भट्टराई साथ र सहयोग नमिलेको बताउँदै उहाँले सञ्चालन गर्नु भएको झ्याउरे अभियान हामी सारा लोकको आवाज हो अभियान त्यसैले सबैले दिल फराकिलो पारेर उहाँलाई सघाउनु पर्ने र कृति प्रकाशन पूर्व उहाँलाई सहि सल्लाह सुझाव दिनु पर्ने समेत औल्याउँदै जमुना महाकाव्यबाट ‘मञ्जरी’ खण्डकाव्यको रचना गर्व समेत वाचन गर्नु भएको थियो ।
कार्यक्रमा जमुना महाकव्यबाट साहित्यकार कल्पना अधिकारी भट्टराईले ‘आँसुको सुहागरात’ शीर्षकको कविता वाचन गर्दा सभाहल आँसुमा डुबेको थियो । हाँसो र रोदनका बीच महाकाव्यको परिचर्चा भएको कार्यक्रमा प्रमुख अतिथि सीतायन महाकाव्यका रचनाकार महाकवि अर्थात कलियुगका वाल्मीकि भनेर चिनिने महाकवि रमेशचन्द्र अधिकारीले विश्व कविता दिवसका अवसरमा विश्व कवि तथा साहित्यकारको चर्चा गर्देै नेपाली साहित्यका धरोहर भानुभक्त,देवकोटा,सम,लेखनाथ सहित गुरुप्रसाद मैनालीको समेत सम्झना गर्दे जमुना महाकाव्य झ्याउरे छन्दमा लेख्नु र नारी हस्ताक्षरको प्रथम हुनु खुसीको हो भन्नु भयो । जमुना÷ रेणुका एकै भएको र आत्मपर महाकाव्य भित्र जीवन संर्घष मानवजीवनका आकृति र राष्ट्रिय घटनाहरूलाई समेत समावेश गरि इतिहास, नेपाली लोकलय, लोकसंस्कृति परम्परा आदिको उल्लेखले यो कृति सफल भएको छ भन्नु हुँदै जमुना महाकाव्य पठनीय र सरल सरस समेत भएको जानकारी गराउँनु भयो ।
नेपालको प्रथम अंग्रेजी भाषाकी कवि तथा साहित्यकार लक्ष्मीदेवी राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा झ्याउरे कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता जमुना महाकाव्यका रचनाकार रेणुका भट्टराईले जमुना महाकाव्य मेरो जीवनको कहानी मात्र नभइ आम जीवनको प्रतिनिधि बताउँने प्रयासमात्र भएको जानकारी गराउँदै आपूmँले कुनै उपाधी, मानसम्मानका लागि अभियान र महाकाव्य लेखेको होइन भन्दै आँपूm खुसी हुन र बाँच्नका लागि मात्र साहित्य र पत्रकारिता क्षेत्रमा लागेको बताउँनु भयो । उहाँले एक पटक सबैले झ्याउरे लेखौँ र यसलाई विश्वमा पु¥याऔँ भनि अनुरोध गर्नु हुँदै सबैलाई धन्यावाद समेत दिनु भयो । उहाँ अभियानकी अभियन्ता पत्रकार तथा पेरोल साहित्य प्रतिष्ठान नेपालकी अध्यक्ष समेत हुनुहुन्छ ।
कार्यक्रमलाई सभाध्यक्षको मन्तव्य प्रस्तुत गर्नु हुँदै साहित्यकार लक्ष्मीदेवी राजभण्डारीले जमुना महाकाव्यबाट केही कविता वाचन सहित रचनाकारलाई बधाई तथा शुभकामना दिनु भयो । हामी नारीहरूलाई विभिन्न परिस्थितिले असज बनाउँदै लान्छन् तर हामीले सामना गर्दैै निरन्तर अगाडि बढ्नुपर्दछ । यस धर्तीमा केही काम गरेरै जानुपर्दछ । त्यसैले हामीले सत्कर्म गरौँ भन्दै सभाविसर्जन गर्नु भएको कार्यक्रमलाई कवि गङ्गा खतिवडाले कुसल सञ्चालन गर्नु भएको थियो । उक्त कार्यक्रमा अमर अधिकारी, सन्जु श्रृया राजभण्डारी,लेखप्रसाद पन्त, कमलाशाक्य ‘सृष्टि’ प्रणव राजभण्डारी,आल्फिफोहेन फाक्लुप्पा र आयुष लोहला आदिको उल्लेख्य उपस्थिति रहेको थियो ।