मणिपुरमा साहित्य थौपाङ लुपले मनायो विश्व कविता दिवस

दिलिप घिमिरे · चैत ८, २०८२ ८:०४ PM
Cover Image for News

नेपाल ८ चैत्र /भारतको मणिपुर इम्फालमा साहित्य थौपाङ लुपले विश्व कविता दिवस धुमधामसित मणिपुर प्रेस क्लबमा शनिबार सम्पन्न गरेको छ। 

साहित्य थौपाङ लुपका अध्यक्ष तोङ्ब्रम अमरजितको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।मणिपुर प्रेस क्लब इम्फालमा आयोजित यस कार्यक्रमका मुख्य अतिथि मणिपुर साॅंस्कृतिक संस्थाका अध्यक्ष काङजम् राधाकुमार रहेका थिए ।

Photo
साहित्य थौपाङ लुप मणिपुरी भाषा विकास विस्तारमा अग्रणी संस्थाहरू मध्ये एक हो।यस संस्थाले वर्षमा अनेक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ।अन्तराष्ट्रिय मातृभाषा दिवस पालनमा अनेक भाषीका कविहरूलाई एउटै मञ्चमा निम्त्याई,आफ्ना-आफ्ना भाषामा कविता पाठ गराउनु यस संस्थाको अलग्गै महत्व छ।

कार्यक्रममा यस वर्षको गोपाल शर्मा स्मृति पुरस्कार प्रापक हुनुहुन्थ्यो वयोवृद्ध वरिष्ठ कवि येङखोम बिहारी।
२१ मार्च २०२६ यसमा संस्थाद्वारा प्रदान गरिने पुरस्कार मध्ये एक महान पुरस्कार " गोपाल शर्मा स्मृति पुरस्कार" प्रदान गरिन्छ।पुरस्कार अलङ्करण पश्चात विभिन्न कोणबाट कविताका विषयमा चर्चा भएको थियो।

यसपछि साहित्य अकादमी पुरस्कारबाट पुरस्कृत कवि राजकुमार भुवनसनाका अध्यक्षतामा ५४ जना कविहरूले कविता पाठ गरी यस कार्यक्रमको महत्ता बढाएको जानकारी मणिपुरी कवि गोष्ठीमा सहभागी कवि भवानी अधिकारीबाट समाचार प्राप्त भएको छ।

Photo
कार्यक्रममा आमन्त्रित सबै अतिथिहरुको आशन ग्रहणले सभागृह सुशोभायमान भएको थियो। 

विश्व कविता दिवसमा विभिन्न कोणबाट कविताको चर्चा परिचर्चा गरी मणिपुरी कविता पाठ गर्ने प्रचलन छ। जसले यस भाषाको विकासमा ठुलो भूमिका खेल्दछ।
विश्वभरीका कविहरुको सिर्जनात्मकताको सम्मानमा मनाइने यो दिवसलाई संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन यूनेस्कोले सन् १९९९ मा विश्व कविता दिवस मनाउने घोषणा गरेको थियो ।
कविता मार्फत भाषिक विविधता प्रवर्द्धन गर्ने, लोपोन्मुख भाषाहरूको संरक्षण गर्ने र विश्वभर कविहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्षको मार्च २१मा कविता दिवस मनाइन्छ।
यस बर्षको विश्व कविता दिवस'शान्ति र समावेशीकरणको लागि पुलको रूपमा कविता' भन्ने नारा रहेको छ।
photo
कार्यक्रममा संस्था सचिव मयाङ्लम्बम उत्तम कुमारले परिचयात्मक वक्तव्य राखेका थिए।स्मरण रहोस् यस संस्थाका संस्थापक शरदचान्द थियामको ´ठुलो प्रयास र योजनाबाट नै यो संस्था अति सक्रिय बनेर आजसम्म चल्न सकेको हो । 

कार्यक्रममा विभिन्न भाषा भाषी र क्षेत्रका लेखक,कविहरूको भेलाले अनुवादका माध्यमले एक अर्कोको भाषाबीच बलियो सम्बन्ध राख्न पनि यो संस्था सक्रिय छ। नेपालसँग भने सहकार्य भएको छैन। बंगलादेश, म्यानमार आदि देश र मणिपुर बाहिर अनेक प्रदेशमा यस संस्थाले सहकार्य गर्दै आएको छ।

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।