तिर्खालु रहर
कविता
तिर्खालु रहर ✍️ राजिव आचार्य
**********
खोइ,
जिन्दगी
कता कता खोज्दै हिड्यौ तिमी ?
यदि बाडेरै
काम चलाउन मान्छौ भने
आउ
आँखीझ्यालबाट
पाएको सम्पूर्ण क्षितिज
अनि अगालो भरी भरेको
सिंगो आकाशभित्र
एक थान जिन्दगी
जोहो गरेर राखेको छु !
हुन सक्छ
एक सप्को मन
र एक सर्को तन
पूरा नहोला न तिमीलाई
असीमित चाहानाको
भकारी भर्न,
तै पनि तापी राख
साझा श्वासमा
केही कम्पीत गर्मीहरु
ताकी उर्जा मिलोस् तिमीलाई
भौतारी रहेका केही तिर्खालु रहरहरुलाई
सम्हालेर राख्न !!
ट्यागहरू:
कविता
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६
गाउँ जाने बाटो
कवि-विराट किराती पोष्ट-दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
✍️ टंक विकल्प पोष्ट-दिलिप घिमिरे - बिहिबार १० सेप्टेम्बर २०२६
सम्झौता र मौनता
Admin - बिहिबार १० सेप्टेम्बर २०२६