कविता -'खस्छ'

रोशन परियार · पौष २५, २०८२ ९:१५ PM
Cover Image for News

खस्नु जीवनको रिवाज हो
खस्नुमा के को लाज हो ? 
बिहानै शीत खस्छ
साँझमा शीतल खस्छ 
जूनबाट ज्योति खस्छ
मुस्कानबाट मोती खस्छ 
कमजोरीले शान खस्छ
कहिलेकाहीँ इमान खस्छ
खस्नै पर्ने अभिमान पनि खस्छ 
आफैँले बोकेको सास खस्छ
मलामीले बोकेको लास खस्छ 
खस्नेहरू उठेका छन्
उठ्नेहरू हिँडेका छन्
हिँड्नेहरू कुदेका छन्
कुद्नेहरू उडेका छन्
उड्नेहरू फेरि खसेका छन्
यसकारण 
खस्नु जीवनको रिवाज हो
खस्नुमा के को लाज हो ? 
खुस्केर, ठोक्केर , चिप्लेर 
अथवा
कुनै पनि तरिकाले खस्नेहरू उठ्न सक्छन्
तर
आफ्नै नजरबाट खसेकाहरू...? 


ट्यागहरू:
सहित्य कविता literature
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६