कविता -'खस्छ'
खस्नु जीवनको रिवाज हो
खस्नुमा के को लाज हो ?
बिहानै शीत खस्छ
साँझमा शीतल खस्छ
जूनबाट ज्योति खस्छ
मुस्कानबाट मोती खस्छ
कमजोरीले शान खस्छ
कहिलेकाहीँ इमान खस्छ
खस्नै पर्ने अभिमान पनि खस्छ
आफैँले बोकेको सास खस्छ
मलामीले बोकेको लास खस्छ
खस्नेहरू उठेका छन्
उठ्नेहरू हिँडेका छन्
हिँड्नेहरू कुदेका छन्
कुद्नेहरू उडेका छन्
उड्नेहरू फेरि खसेका छन्
यसकारण
खस्नु जीवनको रिवाज हो
खस्नुमा के को लाज हो ?
खुस्केर, ठोक्केर , चिप्लेर
अथवा
कुनै पनि तरिकाले खस्नेहरू उठ्न सक्छन्
तर
आफ्नै नजरबाट खसेकाहरू...?
ट्यागहरू:
सहित्य
कविता
literature
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईं - बिहिबार ३ सेप्टेम्बर २०२६
साथी
✍️रीदम गिरी, पोष्ट-दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६