सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी
हजुरबाले भन्थे—बिस्तारै बोल,
भित्ताको पनि कान हुन्छ।
बाउले भन्थे—जोखेर बोल,
हावाले पनि सुन्छ।
छोराले भन्यो—सोच्दै नसोच,
एआइले बुझ्छ, मन चाहिँ होइन।
भन्नु पर्ने कुरा धेरै थियो,
बिना सङ्कोच, जोरले–जोरले चिच्याएँ।
तर
न भित्ताले सुन्यो,
न हावाले बुझ्यो,
न एआइले अर्थ भेट्टायो।
२४ पुष २०८२
नर्थ क्यारोलिना, संयुक्त राज्य अमेरिका
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५