सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी
हजुरबाले भन्थे—बिस्तारै बोल,
भित्ताको पनि कान हुन्छ।
बाउले भन्थे—जोखेर बोल,
हावाले पनि सुन्छ।
छोराले भन्यो—सोच्दै नसोच,
एआइले बुझ्छ, मन चाहिँ होइन।
भन्नु पर्ने कुरा धेरै थियो,
बिना सङ्कोच, जोरले–जोरले चिच्याएँ।
तर
न भित्ताले सुन्यो,
न हावाले बुझ्यो,
न एआइले अर्थ भेट्टायो।
२४ पुष २०८२
नर्थ क्यारोलिना, संयुक्त राज्य अमेरिका
टिप्पणीहरू
शिखर
८ महिना अगाडि
आजको यथार्थ दाजु। आम मानस मा परिरहेको यथार्थ
भूषण खरेल
८ महिना अगाडि
अहिलेकाे समयसंग मिल्ने विचार ।हामी धेरैकुरा अरुमै निर्भर हुदै गयाै, आफ्नो साेच शुन्य जस्तै भयाे।बधाई छ सर,समसामयिक लेखका लागि ।
सम्बन्धित पोस्टहरू
गाउँ जाने बाटो
कवि-विराट किराती पोष्ट-दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
✍️ टंक विकल्प पोष्ट-दिलिप घिमिरे - बिहिबार १० सेप्टेम्बर २०२६
सम्झौता र मौनता
Admin - बिहिबार १० सेप्टेम्बर २०२६
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६