गहनता ‎

सचिन अधिकारी · मंसिर २७, २०८२ ७:४६ PM
Cover Image for News


‎शरीर त केबल माटो हो 
‎तर मन ?
‎मन त अनन्त सागर हो,
‎जहाँ प्रत्येक थोपाले बिचरको रूप लिन्छन्

‎कसरी नाप्ने आत्माको गहिराइ ?
‎मृत्यु त केवल ढोका हो,
‎जस्को पारी
‎नयाँ बिहानको घाम हाँसिरहेको छ

‎म मौन भएर सुनिरहेको हुन्छु 
‎हावाले पनि बोल्छ,
‎रुखहरूले झक्झयाउँछ्न,
‎भन्ने गर्छन् म कुनै छाँया होइन,
‎म त चेतनाको ज्योति हुँ 

‎तर जीवन कुनै सम्झना होइन,
‎यो त यात्रा हो,
‎यो त विशेष क्षण हो,
‎चेतनाले आफ्नो प्रतिबिम्ब देख्ने क्षण 


‎    यो गर्नु पर्ने छ 
‎पश्चिमबाट घाम निस्किएको दिन
‎जब हात रित्तो र मन भरी हुने छ
‎बचनले बनेका घाउ कुहिने छ्न 
‎त्यो बिजाउने काँडा
‎जस्ले आशा सबै छेडेको थियो
‎त्यही साले कँडाले
‎जब घोच्ने छ
‎आत्मालाइ निकै कमजोर बनाउने छ
‎तब धेरै टाढा जानू पर्ने छ 
‎आँफैसँगको युद्धमा होमिनु पर्ने छ
‎जहाँ असली प्रेतको आभास हुने छ 
‎त्यहाँ गिद्धले रगत पिउँदै हुने छ
‎ब्वाँसोले शरीर चिर्दै हुने छ
‎हुँडारले हड्डी तान्दै हुने छ
‎जहाँ आफ्नै छायासँग डराउनु पर्ने छ
‎जहाँ शरीरको कुनै औचित्य छैन
‎ त्यही रक्तजालमा 
‎अन्धकारले निल्न खोजेको 
‎झिल्कोलाइ जोगाइ राख्नु पर्ने छ 

चेतनाको काँडा 
‎खासै बिजाउँदो त रहेन्छु 
‎तर काँडानै त रहेछु सबैको दृष्टिमा 
‎वृक्षबाटै भाँची फाल्ने गर्द्छ्न मलाइ
‎हो म त्यो पिपल रहेछु
‎चौतारी खण्डित पार्नेलाइ सितल दिने
‎त्यही खण्डित चैतारिमा पलाएको
‎हो साँचै रहेन्छ मेरो मुल्य त
‎म त सिउँडिकै पातझैँ पो रहेछु
‎जुन माटोमा मेरा जरा बसेका थिए
‎त्यो माटो त पहिरोले लागि सकेछ
‎म जरा नभएको रुखझैँ भएको छु
‎अस्तित्व हराएपनि,
‎त्यही भिरमा झुँडिएको छु अझै
‎न त म उठ्न सक्छु
‎न त हलिन नै सक्छु 
‎म त केवल बसिरहेको छु
‎निर्जीव प्राणी झैँ 
‎तर अझै जरा फिँजाउने छु
‎मलाइ केवल प्रतीक्षा छ
‎भोलिको उज्यालो किरण को
‎केवल बिहानिको मधुर सुबासको
‎केवल नयाँ दिनको

ट्यागहरू:
सहित्य कविता sahitya nepalisahitya
टिप्पणीहरू
User
Sumit
एक महिना अगाडि

Aajai ramro garnu

Manish
एक महिना अगाडि

Good

Dip
एक महिना अगाडि

..

Subash
एक महिना अगाडि

Lala

PMT
४ महिना अगाडि

Ho ki kya ho

Kapil
५ महिना अगाडि

Big fan

Milan Thapa
५ महिना अगाडि

..👍️👍️

Milan Thapa
५ महिना अगाडि

..

Samyog
५ महिना अगाडि

Keep it on

Amrit
५ महिना अगाडि

Big Fan sir ... Waiting for next creation

सचिन अधिकारी
५ महिना अगाडि

कविता पढ्ने र पढेर प्रकृया जनाउनु हुने सबैजनालाइ हार्दिक धन्यवाद

अनुज क्षत्री
५ महिना अगाडि

बिचको कबिता राम्रो लाग्यो

सबिन पोख्रेल
५ महिना अगाडि

साहित्री जगतमा बालकृष्ण सम को झल्को आउँछ

सम्बन्धित पोस्टहरू
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६