गहनता
शरीर त केबल माटो हो
तर मन ?
मन त अनन्त सागर हो,
जहाँ प्रत्येक थोपाले बिचरको रूप लिन्छन्
कसरी नाप्ने आत्माको गहिराइ ?
मृत्यु त केवल ढोका हो,
जस्को पारी
नयाँ बिहानको घाम हाँसिरहेको छ
म मौन भएर सुनिरहेको हुन्छु
हावाले पनि बोल्छ,
रुखहरूले झक्झयाउँछ्न,
भन्ने गर्छन् म कुनै छाँया होइन,
म त चेतनाको ज्योति हुँ
तर जीवन कुनै सम्झना होइन,
यो त यात्रा हो,
यो त विशेष क्षण हो,
चेतनाले आफ्नो प्रतिबिम्ब देख्ने क्षण
यो गर्नु पर्ने छ
पश्चिमबाट घाम निस्किएको दिन
जब हात रित्तो र मन भरी हुने छ
बचनले बनेका घाउ कुहिने छ्न
त्यो बिजाउने काँडा
जस्ले आशा सबै छेडेको थियो
त्यही साले कँडाले
जब घोच्ने छ
आत्मालाइ निकै कमजोर बनाउने छ
तब धेरै टाढा जानू पर्ने छ
आँफैसँगको युद्धमा होमिनु पर्ने छ
जहाँ असली प्रेतको आभास हुने छ
त्यहाँ गिद्धले रगत पिउँदै हुने छ
ब्वाँसोले शरीर चिर्दै हुने छ
हुँडारले हड्डी तान्दै हुने छ
जहाँ आफ्नै छायासँग डराउनु पर्ने छ
जहाँ शरीरको कुनै औचित्य छैन
त्यही रक्तजालमा
अन्धकारले निल्न खोजेको
झिल्कोलाइ जोगाइ राख्नु पर्ने छ
चेतनाको काँडा
खासै बिजाउँदो त रहेन्छु
तर काँडानै त रहेछु सबैको दृष्टिमा
वृक्षबाटै भाँची फाल्ने गर्द्छ्न मलाइ
हो म त्यो पिपल रहेछु
चौतारी खण्डित पार्नेलाइ सितल दिने
त्यही खण्डित चैतारिमा पलाएको
हो साँचै रहेन्छ मेरो मुल्य त
म त सिउँडिकै पातझैँ पो रहेछु
जुन माटोमा मेरा जरा बसेका थिए
त्यो माटो त पहिरोले लागि सकेछ
म जरा नभएको रुखझैँ भएको छु
अस्तित्व हराएपनि,
त्यही भिरमा झुँडिएको छु अझै
न त म उठ्न सक्छु
न त हलिन नै सक्छु
म त केवल बसिरहेको छु
निर्जीव प्राणी झैँ
तर अझै जरा फिँजाउने छु
मलाइ केवल प्रतीक्षा छ
भोलिको उज्यालो किरण को
केवल बिहानिको मधुर सुबासको
केवल नयाँ दिनको
कविता पढ्ने र पढेर प्रकृया जनाउनु हुने सबैजनालाइ हार्दिक धन्यवाद
बिचको कबिता राम्रो लाग्यो
साहित्री जगतमा बालकृष्ण सम को झल्को आउँछ