मान्छे र रोबोटको प्रेमकथा ‘कान्छी’

खगिन्द्रा खुसी · असार २, २०८१ १०:४२ PM
Cover Image for News

          मलाई यथार्थपरक पुस्तक पढ्न मन पर्छ, अझ आत्मकथा मेरो रोजाइको विधा हो पढ्नका लागि । रोजाईको विषय पर राखेर पछिल्लो समयमा एउटा काल्पनिक विषयमा आधारित पुस्तक पढें । यस्तै खालको अर्को उपन्यास आठ दश वर्ष पहिला पनि पढेकी थिएँ । भारतको सिलगढी निवासी साहित्यकार मुक्तिप्रसाद उपाध्यायको ‘मालती’ उपन्यास हो मैले पढेको उपन्यास । मालती एउटा विज्ञानपरक बालउपन्यास हो । उपन्यासमा मालती रोबोट पात्र राखिएको थियो । यसरी विज्ञानलाई उपन्यासमा समावेश गरिएको पहिलो उपन्यास पढेकी थिएँ मैले मालती । साह्रै चाख लागेर पढें, दुई पटक सम्म पढें । बालमनोविज्ञान प्रयोग गरिएको, बालवालिकाले पढ्नै पर्ने पुस्तक लाग्यो त्यो उपन्यास । यदाकदा प्रसङ्गहरुमा कुरा गरिरहने कृति वन्यो त्यो मेरा लागि । पछि त्यस उपन्यासले भारतको साहित्य अकादमी बाल साहित्य पुरस्कार(२०१५) प्राप्त ग¥यो । त्यसपछि मुक्तिसरसँग कहिलेकाहीं भेटघाट भइरहे तापनि उहाँका कृतिहरु भने पढेकी थिइन । पछिल्लो समय ‘डा.द्रोणकुमार उपाध्याय स्मृति ग्रन्थ’ प्रकाशनका क्रममा डा.भीमकान्त उपाध्यायसँग अन्तर्वार्ता लिनका लागि सिलगढी माटिगाडाहाट पुगेको समयमा उहाँले फेरि आफ्ना अन्य केही पुस्तकहरु हातमा राखिदिनु भयो । द्रोणसरको स्मृति ग्रन्थ प्रकाशनको धमाधमले ती पुस्तकहरु घरमा ल्याएर थन्क्याउने मात्र काम भयो, पढ्न भ्याइएन । आजभोलि समय तुलनात्मक रुपमा केही फुर्सदिला भएका छन् । त्यसैले त्यसवेला थन्क्याएर राखेका पुस्तकहरु खोतल्न मन लाग्यो । सबैभन्दा पहिला नै मुक्ति सरका पुस्तकहरु देखापरे । ती मध्ये पनि हेर्र्दै जाँदा ‘कान्छी’ नामक पुस्तकको तलतिर लेखिएको ‘विज्ञान उपन्यास’मा आँखा पुग्यो र आँखाले अरु केही खोज्दै खोजेन । विज्ञान उपन्यासको छाप परेको मनमा विज्ञान उपन्यासले तान्नु स्वभाविक नै थियो । कान्छीलाई हातमा लिएर सोफामा लिएर ढल्किएको बेलुकाको दुई घण्टा र भोलिपल्ट वेलुकाको तीन घण्टा पढ्दा सबै उपन्यास नै पढिसकियो । मैले थोरै पुस्तक मात्र यसरी जम्मै पढिसक्छु । कुनै सुरुगरेर छाड्छु, कुनै आधा पढेर छोड्छु, कुनै अन्त्य गर्ने बेलामा छोड्छु । कुनै कुनै मात्र यसरी जम्मै पढ्छु । मालती जवर्जस्ती पढ्नु परेन । यसमा अरु उपन्यासमा जस्तो प्रेमी प्रेमीका बीचको प्रेम सम्बन्ध छैन, मान्छे र रोबोट बीचको सामान्य प्रेम र प्रेमी प्रेमीका बीचको प्रेम छ । अन्य उपन्यास भन्दा विषयवस्तु, घटना र पात्र पनि फरक परेर हुनसक्छ सुरु गरेपछि नसकिउन्जेल पढिरहनै मन लाग्यो ।

mukti baral.jpg 7.34 KB
Mukti Baral 

उपन्यास यस्तो छ – कृष्ण सुवेदी नामका पात्रलाई आफ्नी आमाको स्याहार सुसार गर्नका लागि र घरका सारा काम गर्नका लागि मान्छे चाहिएको छ । पहिला राखेका कामदारहरुले घरमा भएका सम्पति चोरेर भागेकोले जोसुकैलाई राख्न पनि नचाहिरहेको अवस्थामा उसको साथी सूर्य वरालले उसलाई ऋमारवि फेक्टरीका सन्चालक हात्तीबाबा अर्थात विवेकसँग परिचय गराइदिन्छ । ऋमारवि रोबो फेक्टरीले मानव समाजका लागि रोबोट तयार पारिरहेको छ । विवेकबाटै उसले कान्छी र प्रसाद नामका दुई महिला र पुरुष शरीरका रोबोट भाडामा लिन्छ र घर लिएर जान्छ । कान्छी एक अत्यन्तै सुन्दरी महिला शरीरकी रोबोट, उसलाई घरमा आमाको सुसारेका लागि तयारी गरिएको हुन्छ र प्रसादलाई भान्सा तथा घरका अन्य कामहरुका लागि तयार पारिएको हुन्छ । कान्छीलाई घरमा लिएर आएदेखि नै आमाको स्याहार सुसार गर्छे । खुट्टा माडिदिन्छे । मान्छेजस्तै बोल्ने, व्यवहार गर्ने कान्छीलाई कसैले पनि रोबोट हो भनेर शंका गर्न नसक्ने गरी बनाइएको हुन्छ । प्रसाद पनि आए देखि नै घर भान्साका काममा व्यस्त हुन्छ । आमालाई कान्छी रोबोट हो भन्ने थाहा दिइँदैन । कान्छीका कारण आमाका दिन फिर्छन् । गाडी लिएर बजारतिर जाने, मन्दिर, हस्पिटल सबैतिर जाने गर्छे कान्छी । आफन्तका बिहेबटुलामा, गाउँतिर सबैतिर गएर सबैको मन जित्न सफल हुन्छे कान्छी । कृष्ण एक अविवाहत युवक हुन्छ । महिला आकृतिकी कान्छी रोवोटसँग सधैं उठवस गरिरहँदा, व्यवहार गरिरहँदा धेरै पटक कृष्ण रोबोट कान्छीसँग आकर्षित हुन्छ भने यता कान्छीले बिभिन्न समयमा माया प्रेम तथा अन्य विषयमा जिज्ञासा राखिरहन्छे कृष्णसँग । एकपटक गाउँ पुगेर फर्किँदा उसले कृष्णसँग प्रेमगर्छु भनेर आफ्नो प्रेम व्यक्त गर्छे । कृष्ण छक्क पर्छ । ‘तिमी रोबोट हौ तिम्रो र मेरो प्रेम सम्भव हँुदैन’ भन्दा कान्छीका आँखामा आँसु देखिन्छन् । त्यसको अर्कोदिन नै कृष्णले कान्छीलाई विवेक(ऋमारवि फ्याक्ट्री)भए ठाउँमा पु¥याउँछ र भएका सबै व्यहोरा सुनाउँछ । केही दिन अध्ययन गरेर हेर्ने, के कारणले त्यस्तो भएको हो ? भनेर कान्छीलाई त्यहीं राखेर पिङ्की नामकी अर्की रोबोट केटीलाई साथ लगाएर पठाउँछन् । पिङ्कीसँग आमा खुसी हुन्नन् । कान्छीको हँसिलो अनुहार र फस्र्याइलो व्यवहारले खुसी बनेका आमा र कृष्णकी दिदी मेघा अह्राएको मात्र काम गर्ने र नहाँस्ने पिङ्कीदेखि खुसी हुँदैनन् । कान्छी रोबोट हो भनेर कसैलाई थाहा नदिएको कृष्णले कान्छीकी आमा विरामी भएको कारण आमालाई हेर्नका लागि लगिदिएको भनेर ढाँटेर ऋमारवि पु¥याएको हुन्छ । केही समयपछि कृष्ण आफैं गएर पिङ्कीलाई पु¥याएर कान्छीलाई लिएर आउँछ । कान्छी आमाहरु भेटेपछि खुसी हुन्छे आमाहरु पनि कान्छी भेटेपछि मख्ख पर्छन् । कान्छी रोबोट हो भन्ने कुरा थाहा नपाएकी आमाले रोबोट हो भनेर थाहा पाउँदा मानसिक असर पर्न सक्छ, सम्हाल्न सकिँदैन भनेर पटक पटक कृष्णले आमाबाट रोबोट कान्छीका सम्बन्धमा कुरा लुकाउँछ । 

फेरि लिएर आएपछि पनि कान्छीमा कृष्णप्रति प्रेम रहिरहेकै हुन्छ । कृष्णकी दिदीको बच्चा जन्मिएपछि उसले पटक पटक म पनि बच्चा जन्माउँछु भनेर कृष्णका सामु जान्छे, बच्चा कसरी हुन्छ भन्ने कुरा कान्छीको मेमेरीमा नभएकोले कृष्णलाई जिज्ञासा राखिरहन्छे । कृष्णमा पनि कान्छीशरीरप्रति आकर्षण भइरहन्छ । एकपटक कृष्णले सपनामा प्रेमीका रन्ध्रतासँग रमाइरहेको समयमा कान्छीले आएर उठाउँछे । सपनामा रोमान्चित भइरहेको कृष्ण विपनामा कान्छी छेउमा पाएपछि आफूलाई सम्हाल्न नसकेर कान्छीलाई अँगालेर अनुहारभरि चुम्बन गर्छ । 

समय वित्दै जाँदा कान्छीले मन जित्दै जान्छे आमाको । एकदिन आमाले कृष्णलाई पूजागर्ने ठाउँमा बोलाएर सपनामा शंकर भगवानले कान्छीसँग तेरो छोराको विवाह गरिदे भन्नुभयो भन्दै कान्छीसँग विवाह गर्नका लागि कर गर्छिन् । कृष्णले धेरै युक्तिसाथ त्यो अवस्थामा आमाबाट छुटेर वाहिर निस्कन्छ । त्यसपछि यस विषयमा आफ्नी प्रेमीका रन्ध्रता, उसकी दिदी दमयन्ती, साथी सूर्य तथा विवेकसँग पनि कुरा ग¥यो । सबैले कान्छीलाई पनि सँगै राखेर सम्झाउनु पर्छ भनेपछि घरभन्दा बाहिर सबैका साथमा कान्छीलाई राखेर ‘तिमी रोबोट हौ ... भन्दै सम्झाए । कान्छीले पनि हो म रोबोट हुँ, मसँग मान्छेको जस्तो माया गर्ने मन हुँदैन भन्छे । उसले दुखी बनेर त्यसो भनेकी थिइन । तर भोलिपल्ट विहान आमाले पूजागर्ने बेलामा कान्छीलाई खोजिन् । कान्छी कहीं थिइन्, घरवरिपरि, घर वाहिर, आफन्तकोमा, कान्छीसँगै गाडी पनि थिएन । कतै नभेटिएपछि विवेककोमा फोन गर्छ कृष्णले, सवै व्यहोरा सुनाउँछ । विवेकले कान्छीको जी.पी.एस. जाँच गर्छ । त्यसमा कान्छी राति तीनबजे भानुटार डाँडासम्म पुगेको ट्रेस हुन्छ । त्यसपछि कुनै रेकर्ड कम्प्युटरमा नभएको जानकारी गराउँछ । पुलिसलाई पनि खबर गर्छन् । सबै भानुटार डाँडा पुग्छन् । त्यहाँ पुग्दा गाडी डाँडाबाट तल झरेको र गाडीमा आगलागी भएको देखिन्छ । पुलिसलाई कान्छी रोबोट हो भनेर जानकारी थिएन । पुलिसले आफ्नो काम गर्छन् । यता विवेकले कान्छी गाडीमा नभएको कुरा गरेर कान्छी गाडीमा भएदेखि उसको मेटेलिक शरीरको अवशेष त्यहीँ भेटिनुपर्ने हो भन्छ । कान्छी जस्ता रोबोटलाई कि त फ्याक्ट्रीले, कि त उनीहरु आफैंले आफूलाई नष्ट गर्न सक्छन् भन्ने कुरा स्पष्ट पा¥यो । त्यसो भए आफूले भनेजस्तो नभएपछि, रीसमा अरुलाई हानी गर्नुको सट्टा कान्छीले आफैंलाई नष्ट गरिदिएको पुष्टि हुन्छ । कृष्णसँगको प्रेममा परेकी कान्छी रोबोटले आफ्नो प्रेम नबुझेको कारण आफूलाई नै नष्ट गरिदिन्छे । 

यसरी कान्छी एक मानव र रोवोट बीचको प्रेम सम्बन्धको वियोगात्मक प्रेमकथा हो । वर्तमान भन्दा पनि भविष्यको रोबोट समाजको चाहना राखेर लेखिएको कान्छी विज्ञान उपन्यास अत्यन्तै चाखलाग्दो र सफल भएको छ । 

तर पढ्दै जाँदा केही कुरा खट्किन्छन् कथामा । रोबोटलाई कुनै सामान द्वारा बनाइएको छ । उसका शरीरका पार्टपूर्जा बिग्रिनुपर्ने हो, भत्किनु पर्ने हो, भाँचिनु, कोत्रिनु पर्ने हो, कहिलेकाहीं चार्ज सकिनुपर्ने हो, कहिले आवाज सानो ठुलो हुनुपर्ने हो, कहिले न कहिले त आमा, दिदीहरुलाई किन मान्छे जस्तो छैन भन्ने शंका लाग्नु पर्ने हो । तर त्यस्तो कहिल्यै कसैलाई लाग्दैन । हिन्दी सिनेमा जगतमा निकै समय अगाडि नै रोबोट पात्रमा आधारित सिनेमाहरु आइसकेका छन् । एक्सनप्र्रधान मात्र नभएर यस्तै घरायसी काम र प्रेम सम्बन्धी विषयमा पनि रोबोट पात्र प्रयोग गरिएकोछ अहिले । ती सिनेमाहरुमा रोबोटमा हुने त्यस खालका समस्याहरु पनि राखिएका छन् । कहिले बिग्रने, भत्किने, चार्ज सकिने जस्ता समस्याहरु राखिएकाले ती यथार्थ जस्तो लाग्छन् । यसमा शारीरिक रुपमा रोबोटमा कहिल्यै समस्या आएको छैन । कान्छी रोबोटको आँशु आएको छ । कसरी भाव अनुसार आँसु आउँछ रोबोटमा ? भन्ने पनि लाग्छ तर यस विषयको समाधान दिएका छन् पछि विवेकले चित्त बुझ्नेगरी । आँशु आउनाको कारण पनि बताएका छन् । बिज्ञान निर्मित रोबोट सहितको संसारको कस्तो हुन सक्ला भन्ने अनुमानको निदान भएको छ कान्छी ।  

मुक्ति उपाध्यायले अहिलेको रोबोटिक युगमा हुन सक्ने सम्भाव्य विषयलाई लिएर लेखिएको यो उपन्यास अत्यन्त रोचक र पढौँ पढौँ लाग्ने रहेको छ ।

 

ट्यागहरू:
सहित्य कविता literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कल्पना काफ्लेको अशान्त धड्कनमा रुमलिँदा
कल्पना काफ्लेको अशान्त धड्कनमा रुमलिँदा
बिन्दु दहाल मूकदर्शक पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २२ नोभेम्बर २०२४
भुवनेश्वरी शोककाव्यको काव्यात्मक समीक्षा
भुवनेश्वरी शोककाव्यको काव्यात्मक समीक्षा
बिन्दु दहाल मूकदर्शक पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १४ नोभेम्बर २०२४
पूर्ण बहादुरको सारङ्गीले बगाएको आँसुको कथा
पूर्ण बहादुरको सारङ्गीले बगाएको आँसुको कथा
मुनाराज शेर्मा पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १२ नोभेम्बर २०२४
सावित्री सुन्दास र उनको ‘इच्छाको अवशेष’
सावित्री सुन्दास र उनको ‘इच्छाको अवशेष’
देविका मंग्राती राई पोष्ट दिलिप घिमिरे - बुधबार २३ अक्टोबर २०२४