मिना खड्काको ‘मेरो स्कुल’ सार्वजनिक

दिलिप घिमिरे · वैशाख २०, २०८३ ८:३५ AM
Cover Image for News

झापा २०बैशाख/मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ । पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव,स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ ।

‘मेरो स्कुल’ मा विभिन्न व्यक्तिका विद्यालय जीवनका अनुभव,शिक्षाको महत्व, शिक्षक–विद्यार्थी सम्बन्ध र समाजमा शिक्षाले पार्ने प्रभावलाई सरल र भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ।
पुस्तक सार्वजनिक भएसँगै साहित्यप्रेमी तथा पाठकहरूले खड्काको प्रयासको प्रशंसा गरेका छन्।नयाँ पुस्ताका लागि प्रेरणादायी सन्देश बोकेको यस कृतिले विशेषगरी विद्यार्थी र अभिभावकहरूलाई आकर्षित गर्ने विश्वास गरिएको खड्काको भनाइ छ । 

लेखिका खड्काले आगामी दिनमा पनि यस्तै समाजमुखी कृतिहरू ल्याउने बताएकी छन् । उनका अनुसार लेखन केवल अभिव्यक्तिको माध्यम मात्र नभई समाज परिवर्तनको एउटा महत्वपूर्ण साधन पनि हो।‘मेरो स्कुल’ अब पाठकहरूका लागि बजारमा उपलब्ध भइसकेको छ ।
पत्रकारिता पृष्ठभूमिकी खड्का हाल अमेरिकामा बसोबास गर्दै अध्ययनसँगै लेखन क्षेत्रमा सक्रिय छिन्।उनको स्थायी घर सल्यान हो ।

ट्यागहरू:
भाषा #शिक्षा #साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।