माई नगर आउनु

अनिल लामा पोष्ट-दिलिप घिमिरे · असोज ७, २०८१ ९:४३ PM
Cover Image for News

पर्यटन साहित्य

माई नगर आउनु

                      ✍️अनिल लामा


इलामकाे दक्षिणमा एउटा सुन्दर ठाउँ छ
सुन्दरताले सजिएकाे खुबै राम्राे गाउँ छ
माई नगरपालिका हाे कति राम्राे नाउँ छ
एकचाेटि घुम्न आउनु प्रीत यसले लाउँछ।

स्वर्ग जस्तै सुन्दर चेप्टी हाम्रै गाउँमा पर्छ
स्वच्छ सङ्लाे माईखाेला छेउबाटै झर्छ
त्यै खाेलाकाे पानी पिउनु साँच्चै प्यास मर्छ
चिलिङ्काेटकाे चियाबारीले नयाँ रङ्ग भर्छ।

आहा! कति सुन्दर छ माईखाेलाकाे पुल
मैनाचुली सिरानमा फुल्छ बुकी फूल
बिहानीकाे मिर्मिरेमा चिया टिप्नेकाे हुल
साह्रै मिठाे पानी पिउनु जरूवा हाे मूल।

फुलुङ्गीकाे मेला गई धान नाच्नु है
शुक्रबारे साकेलामा कम्मर भाँच्नु है
शितलीकाे गुम्बा गई सेलाे नाच्नु है
भगवानकाे आशीर्वादले धेरै बाँच्नु है।

मिली बस्छौं सबै धर्म अनि जातजाति
मानवता भन्दा ठुलाे काेही हुन्न माथि
फरक धर्म भए पनि हामी साथी- साथी
एक अर्कालाई माया गर्छौं चिरि हेर छाती।

महमाईकाे फाँट राम्राे लाेदियाकाे खेती
ज्याम्द्वारबिच जङ्गलकाे सुन्दरता अति
रङ्गीचङ्गी चराहरुकाे आवाज कति कति!
 प्रकृतिकाे बास यहाँ मनले साेचे जति।

शितलीकाे चौतारीमा एउटा ठुलाे बर छ
त्यै बरकाे हाँगाभरि चराहरुकाे घर छ
अलि माथितिर लाग्नु मेराे सानाे घर छ
खम्बाहरु काठैकाठका छानाेमा चैं खर छ।

साेक्तिमकाे मिठाे चिया मिर्मिरेमा खानु
अलि तल गुनमुनेमा घुम्दै फिर्दै आउनु
तेह्रकुने सिमसारकाे फाेटाे खिची लानु
झुल्केघामकाे दृश्य हेर्न गिट्टीडाँडा जानु।

रमाईलाे गर्दै हजुर धाेन्द्रे गुफा पस्नु
थकाइ लागे एकैछिन् छुरेभिरमा बस्नु
जाँतेचुली पुगीकन फूल जस्तै हाँस्नु
सुन्दर माई नगरमा प्रीतकाे माला गाँस्नु।

पवित्र भूमि छत्रक्पामा बेलामौका धाउनु
सुखानीका सहिदलाई फूलमाला लाउनु
शिवपाेखरी डिलमा बसी मिठाे भाका गाउनु
साँच्चै सुन्दर माईनगर बारम्बार आउनु
साँच्चै सुन्दर माईनगर बारम्बार आउनु।।

माई नगरपालिका-१ इलाम 

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
धमिराको हुल
धमिराको हुल
नैना अधिकारी पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २९ अक्टोबर २०२४
चहारेर आटो
चहारेर आटो
गोविन्द प्रसाद वराल पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २४ अक्टोबर २०२४
एउटा गहिरो मौनता
एउटा गहिरो मौनता
नैना अधिकारी पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २२ अक्टोबर २०२४
यो देशलाई सुधारूँ
यो देशलाई सुधारूँ
छन्दमणि त्रिपाठी पोष्ट-खगिन्द्रा खुसी - आइतबार २० अक्टोबर २०२४