महेन्द्र चालिसेको ‘रङ्गभेद’लघुकथा सङ्ग्रहको विमोचन
झापा ७ फागुन /साहित्यकार महेन्द्र चालिसेको लघुकथा सङ्ग्रह ‘रङ्गभेद’ विमोचन गरिएको छ ।बुधबार काठमाडौं महानगरपालिका वडा नं. ६ रामहिटीमा रहेको साहित्य सदनमा कृतिको विमोचन गरिएको हो ।
नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले ६ सय अङ्क प्रकाशन गरेको सुअवसर पारेर पत्रिकाका संरक्षक सदस्य चालिसेको लघुकथा सङ्ग्रह विमोचन गरिएको हो ।
पत्रिकाका प्रबन्धक साहित्यकार गङ्गा कर्माचार्य पौडेलको सभापतित्व तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा रहेको थियोे।
समीक्षकहरु ठाकुर शर्मा र गोपी मैनालीले समीक्षात्मक टिप्पणी गरेका थिए ।
कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको प्रकाशन रहेको रङ्गभेद चालिसेको तेह्रौं प्रकाशित कृति हो । यस भित्र ६५ वटा लघुकथा सङ्ग्रहित छन् ।