महाकवि देवकोटाका विषयमा लेखिएको महाकाव्य ‘बुवाहजुर’ सार्वजनिक

दिलिप घिमिरे · साउन ३०, २०८३ ८:४९ PM
Cover Image for News

झापा ३० साउन/ महाकवि लक्ष्मीप्रसाद देवकोटाका विषयमा लेखिएको महाकाव्य ‘बुवाहजुर’ शनिबार सार्वजनिक गरिएको छ ।
 अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल शाखाले आज आयोजना गरेको कार्यक्रममा ‘बुवाहजुर’ महाकाव्य सार्वजनिक गरिएको हो ।
 
कवयित्री मन्जिला शर्मा उप्रेती अर्थात् मन्जिला अनिलद्वारा लिखित महाकाव्य सार्वजनिक समारोहलाई सम्बोधन गर्दै महाकवि देवकोटाका पुत्र प्रा पद्प्रसाद देवकोटाले महाकविका विषयमा लेखिएको यो १५ औँ महाकाव्य भएको जानकारी दिए । 

भागवत कुञ्जका अध्यक्ष अजितप्रसाद गौतमले महाकवि देवकोटाका विषयमा चलेका केही अफवाह अन्त्य गर्न महाकाव्य सफल भएको बताए । तथ्य विनाका ती हल्लालाई महाकाव्यले छन्दोबद्ध कविताका हरफमा प्रमाणसहित अन्त्य गर्न सफल भएको उनको भनाइ थियो । 

‘बुवाहजुर’ महाकाव्यका बारेमा समीक्षा गर्दै प्राडा देवी नेपाल र उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले महाकवि देवकोटाका विषयमा परिवारकै एक सदस्यले लेखेको महाकाव्यबाट पाठकले नयाँ जानकारी पाउने बताए । विभिन्न छन्दमा लेखिएको महाकाव्य पठनीय रहेको उनीहरूको भनाइ थियो ।
 
कार्यक्रममा अनेसास नेपाल शाखाका अध्यक्ष राजेन्द्र केसी र आजीवन सदस्य डा घनश्याम खतिवडालगायतले नेपाली साहित्यमा महाकवि देवकोटाका योगदानबारे महाकाव्यमा चर्चा ग

ट्यागहरू:
साहित्य# छन्द #कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।