‎अभिनवको २५ अ‍ौं वार्षिकोत्सवमा स्रष्टासम्मान

दिलिप घिमिरे · फागुन ३०, २०८२ १०:२२ PM
Cover Image for News

झापा३० फागुन /अभिनव साहित्य समाजको २५ अ‍ौं वार्षिकोत्सव र रजतजयन्ती तथा २८९ अ‍ौं नियमित मासिक रचनावाचन शृङ्खला शनिबार सम्पन्न भएको छ । 

‎भैरव स्मृति भवन नयाँ वस्ती जोरपाटीमा भएको उक्त  कार्यक्रम शारदा पराजुलीको सञ्चालनमा अध्यक्ष्यता विमल अर्यालको रहेको र,प्रमुख आमन्त्रित गोकर्णेश्वर नपाका मेयर दीपक रिसाल हुनुहुन्थ्यो । स्वागत- मेनका पोख्रेल आचार्यले गर्नुभएको थियोे ।
 ‎विशेष आमन्त्रितहरूमा पूर्व सांसद रामेश्वर फुँयाल ,स्रष्टा  पदयात्राका अध्यक्ष शीतल गिरि,कृष्ण सुवेदी भारद्वाज मित्र,ठाकुरप्रसाद भण्डारी , प्रा.डा.अभि सुवेदी,जीत कार्की लगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा विद्वान्  प्रा .डा.अभि सुवेदीलाई रु. १० ०००/- नगदसहित अभिनन्दन गरियो तथा गजलकार जीत कार्कीलाई नगद रु. १००००/- सहितको वेदमणि अभिनव गजल पुरस्कार अर्पण गरियो ।
 अध्यक्ष गोविन्द घिमिरे वेदमणिले अभिनवको स्थापनादेखि हालसम्मको विकासक्रमको चर्चा, गोकर्णेश्वर नपाले गरेको सहयोग बारेमा सराहना गर्दै डा.अभि सुवेदीको साहित्यिक व्यक्तित्वबारे पनि प्रकाश पार्नुभयो । परशुराम पराशरले गजलकार जीत कार्कीको व्यक्तित्वमाथि प्रकाश पार्नुभयो । प्रमुख आमन्त्रित  नगरप्रमुख दीपक रिसालले गोकर्णेश्वर नपाले साहित्यिक संस्थाहरूलाई गरेको आर्थिक सहयोग ,कार्यक्रमहरूमा आफ्नो सहभागिता बारेमा बताउनुभयो । 
‎नियमित मासिक रचनावाचनमा स्रष्टाहरू-
 ‎१.डा. पुरुषोत्तम श्रेष्ठ ,२.सञ्जय सोती, ३.ब्रह्मप्रियदेवस्वरूप ,४. सुशील आचार्य ,५.दिवाकर न्यौपाने,६.विश्वनाथ तामाङ,७.रामचन्द्र दाहाल, ठाकुरप्रसाद खतिवडा, ८.निर्मलरमण पराजुली ,९.मधुसूदनप्रसाद घिमिरे,१०.कणाद महर्षि,१०.मेघराज ढकाल,११.भावना न्यौपाने,१२.प्रार्थना खनाल ,१२.मेनका पोखरेल आचार्य ,१३. बद्रीप्रसाद सुवेदी ,१४.अल्फीफोहेन फाक्लुप्पा, वासु पौडेल ,१५.प्रदीपरत्न शाक्य,१६.एन बी जनकपुरी,१७.दुर्गा घिमिरे ,१८. खोलाघरे साहिँलो,१९. कविराज घिमिरे ,२०.बी पी इलामे,२१. घनश्याम प्रसाईं ले छन्दका कविता,मुक्त कविता,मुक्तक,देउडा,गीत,गजलहरू प्रस्तुत गर्नुभएको थियो । साहित्यकार खोलाघरे साहिँलोले दिएको समाचार अनुसार  ६० जना जतिको उपस्थिति रहेको कार्यक्रमलाई अध्यक्षता गर्नुहुने अभिनवका उपाध्यक्ष विमल अर्यालले सधन्यवाद समापन गर्नुभएको थियो । 

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।