खोजिरहेछु एउटा हृदय
एउटा हृदय खोजिरहेछु म
आफूभित्र ।
सृष्टिका तमाम पीडाहरू निलेर हर्षित
संसारभरका आँशुहरूलाई ग्रहण गरेर प्रफुल्ल
यावत् अँध्यारालाई आफूमा विलीन गरेर प्रदीप्त
स्निग्ध, ओजस्वी, निर्मल एउटा हृदय
खोजिरहेछु म आफूभित्र ।
बाँढेर कहिल्यै नसकिने
धर्तीजस्तो वा आकाशजस्तो हृदय,
बाँढ्न सकूँ म
प्रत्येक कोपिलाहरूलाई, जीवनहरूलाई, सपनाहरूलाई,
दिन सकूँ
उल्लास, मौनता र वेदनाहरूलाई ।
निरन्तर उज्यालो दिने एउटा हृदय
खोजिरहेछु म आफूभित्र ।
- सुमन पोखरेल
ट्यागहरू:
सहित्य
कविता
sahitya
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गाउँ जाने बाटो
कवि-विराट किराती पोष्ट-दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
✍️ टंक विकल्प पोष्ट-दिलिप घिमिरे - बिहिबार १० सेप्टेम्बर २०२६
सम्झौता र मौनता
Admin - बिहिबार १० सेप्टेम्बर २०२६
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६