खोजिरहेछु एउटा हृदय
एउटा हृदय खोजिरहेछु म
आफूभित्र ।
सृष्टिका तमाम पीडाहरू निलेर हर्षित
संसारभरका आँशुहरूलाई ग्रहण गरेर प्रफुल्ल
यावत् अँध्यारालाई आफूमा विलीन गरेर प्रदीप्त
स्निग्ध, ओजस्वी, निर्मल एउटा हृदय
खोजिरहेछु म आफूभित्र ।
बाँढेर कहिल्यै नसकिने
धर्तीजस्तो वा आकाशजस्तो हृदय,
बाँढ्न सकूँ म
प्रत्येक कोपिलाहरूलाई, जीवनहरूलाई, सपनाहरूलाई,
दिन सकूँ
उल्लास, मौनता र वेदनाहरूलाई ।
निरन्तर उज्यालो दिने एउटा हृदय
खोजिरहेछु म आफूभित्र ।
- सुमन पोखरेल
ट्यागहरू:
सहित्य
कविता
sahitya
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५