खै के गुमाएँ, खै के पाएँ
खै के गुमाएँ, खै के पाएँ
बाच्नुको अर्थ खोज्दा खोज्दै ।
समयले डाॅडो काटेको पतै भएन
अचानक ऐठन भो ।
सकस भो औधी
पृथ्वी नै भासिए झैँ ।
सबै तिर नियाल्छु
निसन्देह, अँध्यारो मात्र देख्छु ।
सबै आडम्बरका मुखौटा धारीहरु
लुछ्दैछन, चुस्दैछन ।
स्वार्थी हुन कहिल्यै सकिएन
त्यसैले, बाँच्नुको अर्थ खोज्दैछु ।
खै के गुमाए, खै के पाए ।।
ट्यागहरू:
कविता
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६
म मरेको दिन…
कर्ण गुरुङ - मङ्गलबार १ सेप्टेम्बर २०२६
मूर्तिको आँखाभित्रको देश
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६