खै के गुमाएँ, खै के पाएँ
खै के गुमाएँ, खै के पाएँ
बाच्नुको अर्थ खोज्दा खोज्दै ।
समयले डाॅडो काटेको पतै भएन
अचानक ऐठन भो ।
सकस भो औधी
पृथ्वी नै भासिए झैँ ।
सबै तिर नियाल्छु
निसन्देह, अँध्यारो मात्र देख्छु ।
सबै आडम्बरका मुखौटा धारीहरु
लुछ्दैछन, चुस्दैछन ।
स्वार्थी हुन कहिल्यै सकिएन
त्यसैले, बाँच्नुको अर्थ खोज्दैछु ।
खै के गुमाए, खै के पाए ।।
ट्यागहरू:
कविता
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५