कवितालेखन(शास्त्रीय छन्द,मुक्तलय,गजल र मुक्तक)को प्रशिक्षण कार्यक्रम-२०८३ सम्पन्न
झापा २४ जेठ/"भाषा,कला,संगीत एवम् संस्कृतिको संरक्षण तथा संवर्धन गरौँ।"भन्ने मूल नारासहित २०८१ मा स्थापित भएको गल्याङ प्रज्ञा प्रतिष्ठानको आयोजना तथा गल्याङ नगरपालिकाको व्यवस्थापकीय संयोजनमा सन्चालित "दुईदिवसीय कवितालेखन (शास्त्रीय छन्द,मुक्तक,गजल र मुक्तक) को प्रशिक्षण कार्यक्रम- २०८३" सम्पन्न भएको छ ।
गल्याङ नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको "कवितालेखनको प्रशिक्षण कार्यक्रम- २०८३" मा वरिष्ठ स्रष्टा कलानिधि दाहालले शास्त्रीय छ्न्द र मुक्तलय,अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनीले शास्त्रीय छन्द र युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरले गजल र मुक्तक विधामा केन्द्रित रहेर प्रशिक्षणात्मक सहजीकरण गरेका थिए ।
गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिकाका प्रमुख एवम गल्याङ प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक गुरुप्रसाद भट्टराई, विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिकाका उपप्रमुख एवम गल्याङ प्रज्ञा प्रतिष्ठानका संरक्षक हेमा तिमिल्सिना न्यौपाने, आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिका शिक्षा शाखा प्रमुख हिमलाल भण्डारी, गल्याङ नगर शिक्षा समितिका सदस्य द्रवेन्द्रदेव खनालको समुपस्थिति रहेको थियोे ।
प्रशिक्षण कार्यक्रमको समापन सत्रमा सिर्जना खनाल,झवनाथ बस्याल,गुरुप्रसाद ढकाल, डिल्लीराम भण्डारी,रमेश कुख्यात,पार्वती थापा पल्ली मगर "पारु",राम ज्ञवाली,जि.बी.राना, इन्द्रप्रसाद पाठक,लक्ष्मी पाठक, इच्छा खड्का, निशु गौचन, निश्मा थापा,भोजराज भण्डारी, ताराकुमार परियार,सुजन भण्डारी,यामुन सुवेदी, सुरज रेग्मी, प्रेमबन्धु सुवेदी, संगम थापा, चण्डिकाप्रसाद भट्टराई,कल्पना दाहाल, हेमा तिमिल्सिना न्यौपाने,ध्रुवप्रसाद शर्मा पङ्गेनी, कलानिधि दाहाल, मिलन समीर लगायतका स्रष्टाद्वारा आफ्ना उत्कृष्ट सिर्जना प्रस्तुत गरिएको थियोे ।
गल्याङ प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद सदस्य जि.बी. रानाद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको प्रशिक्षण कार्यक्रमको समापन सत्रमा प्रशिक्षार्थीहरुको तर्फबाट पार्वती थापा पल्ली मगर "पारु" र राम ज्ञवालीले अनुभव मन्तव्य तथा डिल्लीराम भण्डारीले प्रतिवेदन प्रस्तुत गरेका थिए भने गल्याङ प्रज्ञा प्रतिष्ठानका सचिव युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरले कार्यक्रमको संयोजन तथा सञ्चालन गरेका थिए ।
कार्यक्रममा प्रशिक्षकत्रय कलानिधि दाहाल, ध्रुवप्रसाद शर्मा पङ्गेनी र मिलन समीरलाई गल्याङ प्रज्ञा सम्मानद्वारा नगदसहित सम्मान गरिएको थियोे।