कथाकार निता पोखरेलको ‘अनाम परिधि’ कथा सङ्ग्रहको लोकार्पण

दिलिप घिमिरे · असोज २४, २०८३ ६:४९ PM
Cover Image for News

झापा २४ असोज /बिर्तामोडमा कथाकार निता पोखरेलको कथा सङ्ग्रह ‘अनाम परिधि’को लोकार्पण कार्यक्रम सम्पन्न गरिएको छ।

सर्जकमञ्च झापाले सेन्टर पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको थियोे ।कार्यक्रम रेखा सापकोटाको अध्यक्षता,प्रसिद्ध कवि मनु मञ्जिलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कथाकार निता पोखरेल,कृतिका परिचर्चाकारद्वय टीका आत्रेय तथा साङसेन पन्धाक लगायतले कृतिको लोकार्पण गरेका हुन्। 

लोकार्पणपछि प्रसिद्ध कविहरु टीका आत्रेय तथा साङ्सेन पन्धाकले लोकार्पित कृतिको विस्तृत रूपमा समीक्षात्मक परिचर्चा गरेका थिए  । 

कृतिकार पोखरेलले कृतिको रचना गर्भका बारेमा कुरा गर्दै आफ्ना दाजु, बहिनी, जीवनसाथी सम्झँदै सबैको कृति लेख्नमा प्रेरणा र सहयोग रहेको र पुस्तक आज पाठक समक्ष आएको बताइन् । 

प्रमुख अतिथि मनु मञ्जिलले लेखक, कवि, आख्यानकारले लेख्ने विषय कहाँ खोज्ने भन्ने विषयमा धारणा राखेका थिए । 

कार्यक्रममा कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, मेचीनगरका उपप्रमुख मिना पोखरेल, कविहरु मिरा पोखरेल,प्राज्ञ सुभद्रा भट्टराई, मिलनकुमार ढुङ्गाना,साहित्यकार तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, जानुका गुरागाईं, लीलाप्रसाद अधिकारी, तुलसीप्रसाद भट्टराई, कृष्ण सुवेदी ‘निराकार’, दुर्गाप्रसाद सिग्देल, कृष्णप्रसाद मिश्र, अभागी थेगुवा, पुण्यप्रसाद खरेल, लक्ष्मी अच्युत ढुङ्गाना, दामोदर ढुङ्गेल, नमुना निरौला दाहाल, टीकाराम निरौला, पुष्कर पोखरेल, रेणुका उप्रेती, जगत तामाङ, चेतन निरौला, भोजराज दाहाल,पत्रकार शिशिर,सन्तोष खरेल चम्लागाई, प्रअ महेन्द्रविलास लुईंटेल, प्रअ लेखनाथ पौडेल, तेजप्रसाद चौंलागाईं, केशव पौडेललगायत उपस्थिति रहेको थियोे । 

कार्यक्रम लिला अनमोलले सञ्चालन तथा अनन्त वस्तीले स्वागत गरेका थियोे ।

ट्यागहरू:
कथा साहित्य ##
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।