कलाश्री विनोद खनाललाई ‘डक्टरेट अवार्ड’ प्रदान गरिने

दिलिप घिमिरे · असोज ९, २०८३ १२:१२ PM
Cover Image for News

झापा ९ असोज /असम गोर्खा लोकसंस्कृतिका साधक कलाश्री विनोद खनाललाई ‘डक्टरेट अवार्ड’ प्रदान गरिने भएको छ। 

अमेरिकाको लुइजियाना रिसर्च युनिभर्सिटीको तर्फबाट कला तथा संस्कृति क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको हो।

 
आगामी ४ अक्टोबर २०२६ मा नयाँ दिल्लीमा आयोजना हुने विशेष समारोहमा कलाश्री विनोद खनालजीलाई उक्त ‘डक्टरेट अवार्ड’ प्रदान गरिनेछ। 

असमको विश्वनाथ जिल्लास्थित बाटियामारी गाउँका गोर्खा कलाकार कलाश्री विनोद खनालको प्रेरणादायी कथा छ।आफ्नो सम्पूर्ण जीवन गोर्खा लोकसंस्कृति, संगिनी नृत्य, देउसी–भैलो तथा जातीय पहिचानको संरक्षणमा उनले समर्पित गरेका छन्। काजिरङ्गामा रहेको भारतकै एकमात्र गोर्खा लोकसंस्कृति संग्रहालय उहाँकै नाममा नामकरण गरिएको छ। 

भाषा, साहित्य सङ्गीत, कला, संस्कृति, परम्परा, शिक्षा लगायत बहुविधामा लोक कल्याणकारी कार्यको श्रीवृद्धिमा पुयाउनुभएको अमूल्य योगदानको उच्च मूल्याङ्कन र सराहना गर्दै देश तथा विदेशबाट समेत सम्मानित प्रतिभा हुन् विनोद खनाल।

विगत तीन दशकदेखि असमलाई कार्यक्षेत्र बनाएर सिर्जनाको क्षेत्रमा समर्पित हजारौ स्रष्टाहरूको साझा ढुकढुकी बन्न सफल एक कुशल कलाकार समेत हुन् उनी।

असमको गोर्खा लोकसंस्कृतिको संरक्षण, संवर्द्धन तथा कला–संस्कृतिको क्षेत्रमा खनालले पुर्‍याउनुभएको योगदानको कदरस्वरूप प्राप्त हुन लागेको यस सम्मानप्रति नेपाली साहित्य परिवार विनोद खनाललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू