कल्पना काफ्लेको अशान्त धड्कनमा रुमलिँदा

बिन्दु दहाल मूकदर्शक पोष्ट - खगिन्द्रा खुसी · मंसिर ७, २०८१ १२:१३ PM
Cover Image for News

कल्पना काफ्ले धनकुटामा जन्मिएर राजधानीमा बस्दै आएकी एक गृहस्थ नारी स्रष्टा हुन् । जागिरे जीवनको व्यस्तताका बाबजुद आफूलाई अहोरात्र साहित्यमा होमेकी काफ्ले हंसमुखी एवम् बहिर्मुखी चरित्रकी धनी छिन् । मुसुक्क मुस्कुराएर बोल्नु यिनको निजी विशेषता हो भन्ने मलाई लाग्छ । लप्पनछप्पन नजान्ने र चाकरीचाप्लुसीभन्दा हजारौं माइल टाढा रहने कल्पनाले चाहेको भए केहीले जस्तै यिनले पनि ठुल्ठुला राष्ट्रिय पुरस्कार पड्काइसक्थिन् तर उनी अरूको काँधमा होइन आफ्नै पैतालामा विश्वास गर्छिन् त्यसैले सधैँ कर्मशील मार्गमा हिँडिरहन्छिन् ।

कल्पना विशेष छन्दमा कलम चलाउँछिन् र उनको भाव सरोवर छन्दकविता  सङ्ग्रह २०७५ पनि सार्वजनिक भइसके को छ । भर्खरै मात्र उनले मुक्तकको पुस्तक अशान्त धड्कन लोकार्पण गरेकी छिन् र मलाई पनि दाजु सम्झेर एकथान झापा दमकसम्म घुएत्रो हानेकी छिन् र यो मूकदर्शकले उक्त मुक्तकसङ्ग्रहको पढाइ एकै बसाइमा सम्पन्न गरेको छ । मैले यो सङ्ग्रह अध्ययन गरिरहँदा यसभित्र निम्न विशेषता पाएको छु । मेरो यो सामान्य पाठक प्रतिक्रिया मात्र भएको समेत अनुरोध गर्दछु ।

यसभित्र हार्दिक प्रेम र मांसल प्रेमको सुन्दर र व्यङ्ग्यात्मक चित्रण गर्दै हार्दिक प्रेम सधैँ अमर हुने कुरा मुक्तकका हरफले प्रष्ट पारेका छन् । मुक्तकहरूले माटाको सुगन्ध र देशभक्तिको अनुरागलाई छताछुल्ल बगाएका छ्न् ।  लिङ्गीयविभेद , जातीय उत्पीडन र सामाजिक विकृतिविसङ्गतिमाथि स्वामस्वामी सिस्नोपानी लगाएका छन् । भ्रष्टचारीको मुखुण्डो थुतेर अनुहारको कालो कर्तुतलाई पर्दाफास गरेकी छिन् 

हरेक दिन हज्जारौंको सङ्ख्यामा विदेशिने युवाजगत्को मर्मान्तपीडालाई हृदयस्पर्शी ढङ्गबाट प्रस्तुत गर्दै राष्ट्रनिर्माणका लागि स्वदेशमै भविष्य देख्न आग्रह गरिएको छ । साहित्यिक चाटुकारिताको शल्यक्रिया गरी कर्मवादी स्रष्टा बन्न आग्रह गरिएको छ । प्रेममा अनावश्यक गनगन , हल्ला र गुनासो र उद्देश्य पूरा भएपछि आफल तेरो ठाँडो नगर्न मुक्तकले पाठ पढाएका छन् । सङ्घर्षभित्रैबाट जीवन र सफलता खोज्न आग्रह गरिएको छ । साहित्यिक गुटबन्दी र झुन्डवादको उपहास गरिएको छ र गुटको नेतृत्व गर्ने अगुवा कलङ्कित साहित्यकारका रूपमा चित्रण गरिएको छ  खुट्टा तान्ने र तन्काएर अर्काको निधार ताकेर मट्याङ्ग्रो हान्नेलाई चिता बनाएर आगो सल्काइएको छ ।

नारीलाई परम्परागत रूपमा हेर्ने रुग्ण पितृसत्तात्मक समाजको खुट्टा भाँचिएको छ । अर्कैका श्रीमान् र श्रीमती मनपराएर व्यभिचारी बन्नेहरूका नेत्र फोरिएका छन् । प्रकृतिको कोमल चित्रण गरिएको छ । सीमामा पर्खाल भएर बस्न , आमाको सर्वस्व हरण गर्नेलाई सर्प भएर डस्न , आँसुले भिजेका गाउँबस्तीमा पुगेर आर्तहरूका घाउमा थोरै भए पनि मलमपट्टी कस्न स्रष्टा हतारिएकी कुरा मुक्तकहरूले सुझाएका छन् ।बुबाआमा र अग्रजप्रति कल्पना सधैँ नतमस्तक र कर्तव्यपरायण भएकी कुराका लागि मुक्तकहरू साक्षी बसेका छन् । शोषकसामन्तीहरूको मृत्युमा मुक्तकहरू हाँस्दैहाँस्दै मलामी गएका छन् । शान्तिप्रति प्रेम, विद्रोह बेथितिप्रति हुङ्कार गरिएको, अभिधात्मक शब्दशक्तिको प्रयोग गरिएको सुबोध मुक्तकमाला जसमा २२० ओटा मुक्तक समेटिएका छ्न् ।

स्वदेश तथा विदेशसम्मको परिवेश समेटिएको छ, आर्थिक ,सामाजिक , राजनीतिक ,धार्मिक , प्रेम ,ऐतिहासिक , विश्वजनीन आदि विषयवस्तु समेटिएका लामाछोटा मझौला हरफ प्रयोग गरी लेखिएको संरचनागतरूपमा खँदिला मुक्तकहरूको सँगालो हो अशान्त धड्कन । पुस्तक पठनीय , सङ्ग्रहणीय र रोमाञ्चक रहेको । अन्त्यमा स्रष्टामा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछु ।

 

ट्यागहरू:
सहित्य literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
ईन्द्रकिल पहाडसँग’२०६८ यात्रा काव्य एक चर्चाः
ईन्द्रकिल पहाडसँग’२०६८ यात्रा काव्य एक चर्चाः
तारा विविध पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २९ नोभेम्बर २०२४
भुवनेश्वरी शोककाव्यको काव्यात्मक समीक्षा
भुवनेश्वरी शोककाव्यको काव्यात्मक समीक्षा
बिन्दु दहाल मूकदर्शक पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १४ नोभेम्बर २०२४
पूर्ण बहादुरको सारङ्गीले बगाएको आँसुको कथा
पूर्ण बहादुरको सारङ्गीले बगाएको आँसुको कथा
मुनाराज शेर्मा पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १२ नोभेम्बर २०२४
सावित्री सुन्दास र उनको ‘इच्छाको अवशेष’
सावित्री सुन्दास र उनको ‘इच्छाको अवशेष’
देविका मंग्राती राई पोष्ट दिलिप घिमिरे - बुधबार २३ अक्टोबर २०२४