एक दिवसीय साहित्यिक बहस तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ

Admin · वैशाख ३१, २०८१ ११:१९ PM
Cover Image for News

त्रिवेणी साहित्य मञ्चको आयोजनामा" नेपाली  भाषाको पहिचान युक्त समृद्धि ,समुन्नत साहित्य कला अनि संस्कृति" भन्ने मुल नाराका साथ  एक दिवसीय साहित्यिक बहस तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रमको मुख्य आकर्षणमा  रचना वाचन , गायन ,नृत्य तथा कार्यपत्र माथि बहस भएको थियो ।  कृष्ण धारावासीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा साहित्यकार तथा वरिष्ठ पत्रकार भक्त घिमिरेको उपस्थिति रहेको  थियो । केशब बैरागी  माइलाको अध्यक्षतामा भएको कार्यक्रममा कृष्ण धारावासीले दियो बालेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । 

त्रिवेणी साहित्य मञ्च हैरिस्वर्गपेन्सिल्भेनिया
कार्यक्रममा उपाध्यक्ष  प्रेम घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने साहित्यकार तथा वरिष्ठ पत्रकार भक्त घिमिरेले कार्यपत्र प्रस्तुति गर्नुभएको थियो । कार्यक्रम बहसको संचालन सि एम निराैला  र गण्डकी पुत्रले  गर्नु भएको थियोे । 
त्यस्तै कार्यक्रममा  जिबि एल ओ अध्यक्ष कर्ण गुरुङ,डानजाेम साम्पाङ ,साहित्य परिसर भुटानका अध्यक्ष गंगा राम लामिटारे , धर्मेन्द्र तिम्सिना ,सदस्य आर वि खड्का लगायतको उपस्थिति रहेको कार्यक्रममा कार्यक्रमको संचालन नारद आचार्य र शेखर कोइरालाले गर्नुभएको थियो ।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू