जीवन

कर्ण गुरुङ · मंसिर २८, २०८० २:१४ PM
Cover Image for News

हो ! मृत्युले घात गर्यो 
तर हिम्मत हारेको छुइन 
हो ! गम्भिर घाइते बनायो 
तर दुखेर लडेको छुइन 
हरेक चोटी लड्दा 
उठ्न जानेको छु 


हरेक चोटी मार्दा 
मृत्युन्जय बन्न जानेको छु  
जसले जसरी हेप्दा पनि 
त्यसको प्रतिकार गर्न जानेको छु   
अन्याय सहने पनि हद हुन्छ 
त्यस पछी के गर्ने जानेको छु 


जे गर्दा पनि मानवता भुल्नु हुन्न 
त्यो आत्माबाटै बुझेकोछु 
तर अत्याचार सहनु पाप हो 
त्यसलाई आत्मा साथ गरेको छु 


हिज आज जे जस्तो होस् 
खुलेर बाच्न सिकेको छु 
जस्तो परिस्थितिमा पनि 
हास्न अनि रमाउन जानेको छु


जीवन वरदान हो 
यसलाई उत्सव बनाएको छु 
जीवन जस्तो छ ठिक छ 
संसार जस्तो छ ठिक छ 
यसलाई सुन्दर दृष्टिले हेरेर 
सबै सुन्दर बनाएको छु 


सारा दुख पिडा बिर्सेर 
आखिर खुसी भएको छु 
सारा चिन्ताहरू त्यागेर 
परम आनन्दित भएको छु 


जे जसोरी भए पनि 
जीवन हरियाकी बनाएको छु 
जीवन खुसीले छाएको छु 
जीवन सान्तिले बारेको छु 
जीवन जीवन जस्तै गरेर जिएकोछु l

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६