जापान पुगेपछिको पहिलो अनुभव - खेमराज दाहाल

खेमराज दाहाल · असोज २२, २०८३ १:०६ PM
Cover Image for News

どうもありがとうございました。
 दोमो आरिगातो गोज़ाइमाशिता।

本日のお仕事はすべて終了しました。
 होन्जित्सु नो ओशिगोतो वा सुबेते शुऱ्यो शिमाशिता।

お手伝いすることができて、とても嬉しく思います。
 ओतेत्सुदाई सुरू कोतो गा देकिते, तोतेमो उरेशीकु ओमोइमासु।

それでは、もうお帰りいただいて大丈夫です。
 सोरेदेवा, मोउ ओखाएरी इतादाइते दाइजोबु देसु।

'धेरै धेरै धन्यवाद । हामीले तपाईलाई सहयोग गर्न पाएकोमा ज्यादै खुशी लागेको छ । तपाईको आजको सम्पूर्ण काम सकिएको छ । हजुर अव जान सक्नुहुन्छ ।' 

म छक्क परें! ठ्याक्कै उल्टो, अचम्म लाग्यो । जब १६ डिसेम्बर २०२४ मा म जापान आइपुगें । जापानमा के रहेछ भने कुनैपनि व्यक्ति जापानी होस् वा विदेशिको बस्ने निश्चित ठेगाना हुन्छ । त्यो त नेपालमा पनि छ तर जापानमा एक ठाउँ ठेगाना भएको व्यक्ति सँधै सोही ठाउँमा हुनुपर्छ । राज्यले दिने सबै प्रकारका व्यक्तिगत सूचना हुलाक मार्फत सोही ठेगानामा पठाउँछ । 

जापान आइपुगेपछि जापानको साइतामा केन (केन भनेको क्षेत्र अथवा जिल्ला) को चुरुगासिमा नगरपालिका भित्र पर्ने एउटा क्षेत्रको ब्लक नम्बर भित्र पर्ने घरको (घरको पनि नम्बर छ) म बस्ने कोठाको ठेगाना टिपाउन भाइ पुण्य घिमिरेलाई साथी लिएर नगरपालिका गएँ । 

नगरपालिका पुग्दा नगरपालिकाको बाहिर मानिसको अनावश्यक भिड थिएन । भित्र जाने मानिस सरासर भित्र गइरहेका हुन्थे भने काम सकेर निस्कने मानिस बाहिर निस्केर सरासर आफ्नो गन्तब्य तिर लाग्थे । सायद नगरपालिका भवन क्षेत्रभरि चिया, चटपटे, पान, किराना लगायत कुनै पनि पसल नभएर होला अनावश्यक हो-हल्ला थिएन ।

हामी पनि आफ्नो कामको लागि सरासर भित्र पस्यौं । लगभग १५/२० वटा कुर्सीहरु थिए सेवाग्राहीहरुको लागि । २/४ वटा कुर्सी बाहेक अरुमा मानिसहरु बसिरहेका थिए । त्यहाँ तेस्रो मानिसले सुन्ने गरी कोही पनि बोलिरहेका थिएनन् अथवा सबै मानिस शान्त बसिरहेका थिए २/४ जना मोवाइलमा अल्मलिइरहेका थिए । अरु सबै पालो कतिखेर आउँछ भन्ने प्रतिक्षामा बसिरहेका देखिन्थे तर त्यसो होइन रहेछ । उनिहरुको काम त अघि नै शुरु भइसकेको रहेछ । काम कतिखेर सकिन्छ भनेर पर्खिरहेका रहेछन् ।

प्रतिक्षालयबाट नै प्राय सबै कर्मचारी देख्न सकिने गरी सिसाको आधा पार्टेशन गरिएको कर्मचारी कक्षमा १/२ जना मानिस मात्र एउटा फायल बोकेर फाट्टफुट्ट भित्र कर्मचारीको टेवलमा पुगेको देखिन्थ्यो । हामी पनि भित्र गएर आफ्नो काम गराउने होला भन्ने सोच्दै थिएँ म । तर हामी प्रतिक्षालयको कुर्सीमा नपुगी त्यहाँको कर्मचारीले जापानी भाषाबाट हामीलाई स्वागत गर्नुभयो ।

こんにちは。
Konnichiwa.
नमस्कार।

本日はどうされましたか?
Honjitsu wa dō saremashita ka?
आज के कामका लागि आउनुभएको हो?

हामीले हाम्रो काम बताएपछि हाम्रो डकुमेन्ट मागियो र एउटा टोकन थमाएर प्रतिक्षालयको  कुर्सी देखाउँदै बस्न भनियो । त्यहाँ बस्ने प्राय सबैको हातमा टोकन थियो । हामी पनि बस्यौं । दश मिनट जति बसेपछि एकजना कर्मचारी एउटा फायल बोकेर हाम्रो अगाडि आएर घुँडा टेकेर बस्नु भयो र कम्प्यूटरबाट फारम भरेको फायल देखाउँदै यहाँ भएको सबै ठिक छ? भनेर सोध्नुभयो । त्यहाँ नाम, जन्ममिति, पासपोर्ट नं, जापान आएको मिति, भिषाको अवधी, बस्ने ठेगाना उल्लेख थियो । त्यो विवरण हामीले अर्को फारममा हातैले भरेर हामीलाई स्वागत गर्ने कर्मचारीलाई दिएका थियौं ।

सबै विवरण हेरेर हामीले ठिक छ भनेपछि उहाँ उठेर जानुभयो । कर्मचारी हाम्रो अगाडि आएर घुँडा टेकेर बस्नुको कारण चाहीँ हामी गोर्खाली भनेर घुँडा टेकेको होइन, सेवाग्राहीलाई असहज नहोस् भनेर हामीलाई सहज बनाउनु भएको हो ।

सवै विवरण ठिक भएको यकिन गरेर गएको १० मिनट वित्न नपाउँदै फेरि आएर : 

お客様の手続きは終わりました。

 Okyaku-sama no tetsuzuki wa owarimashita.

 तपाईंको काम/प्रक्रिया सकियो।

どうもありがとうございました。
 दोमो आरिगातो गोज़ाइमाशिता।

本日のお仕事はすべて終了しました。
 होन्जित्सु नो ओशिगोतो वा सुबेते शुऱ्यो शिमाशिता।

お手伝いすることができて、とても嬉しく思います。
 ओतेत्सुदाई सुरू कोतो गा देकिते, तोतेमो उरेशीकु ओमोइमासु।

それでは、もうお帰りいただいて大丈夫です。
 सोरेदेवा, मोउ ओखाएरी इतादाइते दाइजोबु देसु।

'धेरै धेरै धन्यवाद । हामीले तपाईलाई सहयोग गर्न पाएकोमा ज्यादै खुशी लागेको छ । तपाईको आजको सम्पूर्ण काम सकिएको छ । हजुर अव जान सक्नुहुन्छ ।' भन्दै हाम्रो आज बनेको र हामीले दिएको डकुमेन्ट एउटा-एउटा गरेर देखाउँदै फिर्ता गरेपछि हामी फर्कियौँ । 

७ अक्टोवर २०२६

ट्यागहरू:
sahitya nepalisahitya
टिप्पणीहरू
User
Khemraj
७ घण्टा अगाडि

धन्यवाद

सम्बन्धित पोस्टहरू
इन्द्रेनी राष्ट्रिय कविता समारोह र म
इन्द्रेनी राष्ट्रिय कविता समारोह र म
लेखक-जीविका अश्रु पोष्ट-दिलिप घिमिरे - सोमबार २२ डिसेम्बर २०२५
मोही पारेको ज्याला नौनी घिउ
मोही पारेको ज्याला नौनी घिउ
खगिन्द्रा खुसी - मङ्गलबार २९ अक्टोबर २०२४
शुभस्मृति-सुखस्मृति !
शुभस्मृति-सुखस्मृति !
खोलाघरे साहिँलो पोष्ट खगिन्द्रा खुसी - सोमबार १४ अक्टोबर २०२४
रेडियो बजाउने लाइसिन
रेडियो बजाउने लाइसिन
प्रा.डा.गङ्गाप्रसाद अधिकारी पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४