प्रसिद्ध गीतकार अर्जुन सापकोटाको गीत

अर्जुन सापकोटा · मंसिर ९, २०८३ १०:३२ PM
Cover Image for News

न देख्न सक्छु न झिक्न सक्छु
दिलको यो मेरो खिल
सिरानीमाथि हर रात फुल्छ
आँशुको मेरो फूल

पिरैले खायो यो मेरो ज्यान
हरेशले खायो मन
जोसित सँगै बाँचौँला भन्थेँ
उसैले मार्यो झन्
मलाई मात्र लाग्दछ खालि
एकपछि अर्को ठेस
बैँसमा झर्नु भन्दा त ईश्वर
सानैमा मर्नु बेस
न देख्न सक्छु न झिक्न सक्छु .....

पाउ र मुनि पर्दछ खाल्टो
शिरमाथि खस्छ भिर
अरुले हाने मलाई तीर
तिमीले रोप्यौ झिर

के विघ्न सुक्यो यो मेरो ओठ
के विघ्न लाग्यो चोट
आँशुले मलाई भिजाउँदाखेरि
कहाँगई लाग्नु ओत

न देख्न सक्छु न झिक्न सक्छु......

ट्यागहरू:
literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत
गीत
✍️ डिल्लीराम परदेशी , पोष्ट- दिलिप घिमिरे - मङ्गलबार २४ नोभेम्बर २०२६
गीत
गीत
✍️ टीका भट्टराई नेपाल ,पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १७ नोभेम्बर २०२६
गीत - गायत्री लम्साल
गीत - गायत्री लम्साल
गायत्री लम्साल - मङ्गलबार १७ नोभेम्बर २०२६