जगदीश स्मृति पुरस्कारबाट आलोक र चौलागाई सम्मानित

दिलिप घिमिरे · माघ ४, २०८२ ९:३० PM
Cover Image for News

झापा ३माघ/जगदीश घिमिरे प्रतिष्ठान रामेछापले यस बर्षकोजगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोकलाई प्रदान गरिएको छ ।
 निबार मन्थलीमा आयोजित जगदीश घिमिरे स्मृति साहित्यिक सभा कार्यक्रममा संस्थाकी अध्यक्ष श्रीमति दुर्गा घिमिरेले ५१ हजार नगद र सम्मान पत्र सहित उक्त पुरस्कार आलोकलाई हस्तान्तरण गरेकी हुन्।कार्यक्रममा गत बर्षको जगदीश घिमिरे स्मृति पुरस्कार मिना चौलागाईलाई प्रदान गरिएको थियो । गत बर्ष उक्त पुरस्कार वितरणका लागि कार्यक्रम आयोजना गर्न नसकेकोले यस बर्ष दुवै पुरस्कार एकै कार्यक्रममा हस्तान्तरण गरिएको हो । 
कार्यक्रममा स्वर्गीय जगदीश घिमिरेले साहित्य क्षेत्रमा पु¥याएको योगदानका बारेमा विभिन्न साहित्यिक व्यक्तित्वहरुले चर्चा गरेका थिए।२००२ सालमा रामेछापको मन्थलीमा जन्मिएका स्वर्गीय जगदीश घिमिरेले युवा अवस्थामा लेखेको लिलामी र साविति उपन्यास चर्चित बनेका थिए ।

साहित्यको पाटो बीचमै छोडेर अध्ययन र रोजगारीका लागि विदेशीएका घिमिरे २०४०सालदेखि समाजसेवामा लागेका थिए ।
 रामेछापमा गैरसरकारी संस्था तामाकोशी सेवा समितिको स्थापना गरेर जिल्लाका विभिन्न भेगमा बसोवास गर्ने छेउ लागेका बर्गलाई शिक्षा,स्वास्थ्य, खानेपानी,सिंचाई,कृषि,आयआर्जन,सहकारी,
 सौचालय निर्माण अभियान जस्ता कार्यक्रम मार्फत उल्लेख्य विकास निर्माण र सामाजिक जागरण गराउनमा घिमिरेको योगदान उल्लेख्य रहेको छ ।
 समाजसेवाको मेलोमा लाग्दा लाग्दै मल्टिपल माईलोमा जस्तो प्राणघातक क्यान्सर रोगबाट थलिएका घिमिरे जिवनको उत्तरार्धमा फेरी साहित्य सेवामा फर्किएका थिए।क्यान्सरले थलिएका
 घिमिरेले ओछ्यानमा बसेर लेखेको कृति अन्तरमनको यात्राले२०५४ सालको मदन पुरस्कार जितेको थियो । उक्त कृति नेपाली साहित्य क्षेत्रमा हाल सम्मकै अब्बल मानिने गरिन्छ ।

साहित्यको क्षेत्रमा पुनर्रआगमन भएपछि घिमिरेले रामेछाप जिल्लामा आफ्नै नाममा स्थापना भएको स्मृति प्रतिष्ठान मार्फत साहित्यिक भेलाको आयोजना गर्ने गरेका थिए।हरेक हिउँद महिनामा राष्ट्रिय तथा स्थानीय साहित्यकारहरुलाई एकाथलोमा भेला गराएर उनले दुई दिनसम्म साहित्यिक कार्यक्रमको आयोजना गर्ने गर्थे।उनको निधनपछि पनि प्रतिष्ठानले कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।

घिमिरेको साहित्य श्रृजनाले मदन पुरस्कार पाएपछि पनि रोकिएन।उनले पृथ्विनारायण शाहको पालादेखि तत्कालिन माओवादी युद्धसम्मको कथा उनेर नेपाली साहित्यका लागि `सकस´ उपन्यास बजारमा ल्याए । सकसले नेपालको राजनीतिक सकसलाई उजागर गरेको छ।बर्दी,जगदीशका रोजा कविता तथा विभिन्न फुटकर रचनाका लागि घिमिरेको कलम जिवनको अन्तिम घडीसम्म चलिरहेको थियो उनको २०७० साल कार्तिक १४ गते ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

फोटो
शनिबार मन्थलीमा आयोजित कार्यक्रममा पुरस्कार प्राप्त गर्नेआलोक र चौलागाईका अतिरीक्त विभिन्न साहित्यकारहरुले आ-आफ्ना रचना सुनाएका थिए । कार्यक्रममा जगदीश घिमिरे र साहित्यको बारेमा विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता समेत
गरिएको थियो।कार्यक्रममा जेष्ट नागरिकलाई न्यानो कपडा हस्तान्तरण गरिएको थियो ।

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #जीवनी
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।