इटहरीमा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न

दिलिप घिमिरे · पौष २६, २०८२ ६:४८ PM
Cover Image for News

झापा २६पुस/इटहरीमा शनिबार फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न गरिएको छ।
प्रकाशन गृह फाइनप्रिन्टद्धारा प्रकाशित पुस्तकका लेखकहरूसँग अन्तरक्रियाको आयोजना गरिएको हो।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा कार्यक्रममा महानायक राजेश हमालसहित ६ जना लेखक सहभागी भएका थिए ।महानायक हमालको पुस्तक युगदेखि युगसम्म पुस्तकमा केन्द्रीत रही कवि मनु मञ्जिलले अन्तरक्रिया गरे।यसैगरी २०८१ को मदन पुरस्कार विजेता उरमालका लेखक छुदेन काविमोसँग नाट्यकर्मी प्रज्वल पराजुलीले अन्तरक्रिया गरे।
यस्तै, २०८१ को पद्यश्री पुरस्कार विजेता पुस्तक छालबाटोका लेखक रमेश भुसालसँग डा.अस्मिता विष्टले सहजीकरण गरेकी थिइन् ।यस्तै, डा. नवराज केसीको पुस्तक स्वस्पर्शमा केन्द्रीत रही नाट्यकर्मी सोनु जयन्तीले सहजीकरण गरेको आयोजकले जानकारी दिएको छ।

फोटो
यसैगरी ददि सापकोटाको पुस्तक ज्ञानिकामाथि पत्रकार मिलन बुढाथोकीले सहजीकरण गरे।
यस्तै,सुबिन भट्टराईको चमेलीको फूल,बैजनी रुमालमाथि कवि धीरज राईले सहजीकरण गरे। 

पुस्तकको अन्तरक्रियाअघि ११ जना कविहरू 
मनु मन्जिल,देवान किराती,सुदिपपाख्रिन,शुभलक्ष्मी लम्साल,टीका आत्रेय,शकुन्तलामञ्जरी,डा.अस्मिता बिष्ट,अमित थेबे,धिरज राई,तीर्थराज विश्वकर्मा
,विवेक विवश रेग्मीले कविता वाचन गरिएका थिए ।
कार्यक्रमले पठन संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याउने,साहित्य, पुस्तक र पाठकलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम गरिएको साथै कार्यक्रम सफल बनाउन काव्य डबली र शब्द प्रवाहको सहकार्यमा कार्यक्रम सम्पन्न भएको फाइनप्रिन्टका सञ्चालक नीरज भारीले बताए ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।