इलाममा`खुसीको गाउँ´को विमर्श सम्पन्न
झापा १६माघ/इलाममा `खुसीको गाउँ´को शुक्रबार विमर्श भएको छ।इलाम नगर कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्रष्टा खगिन्द्रा खुसीद्वारा लिखित उपन्यास खुसीको गाउँको विमर्श गरिएको हो।
अरनिको सङ्ग्रहाालय इलाममा प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको सभाध्यक्षता तथा प्राज्ञ रविमान लम्जेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राज्ञ कोमल निरौला,बुद्धिप्रसाद घिमिरे प्रतिष्ठानकी संरक्षक टिका घिमिरे,प्रलेसका केन्द्रीय अध्यक्ष डा.देवी क्षेत्री दुलाल,चर्चित स्रष्टा,कवि विमल वैद्य लगायतको विशेष उपस्थिति रहेको कार्यक्रममा इलामका स्रष्टा सर्जकहरुको बाक्लो उपस्थिति रहेको थियो।
यसैगरी समीक्षक डा.देवी क्षेत्री दुलालले खुसीको गाउँ वर्गीय चेत समावेश भएको,प्रगतिशील सामाजिक तथा प्रेम सौर्न्दर्य सहितको बहुविशेषताले भरिएको उपन्यासको रुपमा चित्रण गरे।
कार्यक्रममा लोकगायक देवी गौतम,स्रष्टा टिका घिमिरे, प्राज्ञ कोमल निरौला,रोमनाथ शर्माले लगायतले शुभकामना मन्तव्य राखेका थिए।स्रष्टा प्रतिभा पौडेलले स्वागत गरेको कार्यक्रमलाई जयनारायण भट्टराईले सञ्चालन गरेका थिए।
प्रमुख अतिथि प्राज्ञ लमजेलले निरन्तर लेखिरहन सक्नु महत्त्वपूर्ण कुरो भन्दै स्रष्टा खुसीलाई निरन्तर लेखिरहने शक्ति मिलोस् भन्ने शुभकामना व्यक्त गरे भने वर्तमान समयमा महिला लेखकहरु आख्यान लेखनमा सक्रिय रहन थालेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष थाम्सुहाङले कार्यक्रम समापन गरेका थिए ।