घातक ईश्वर

खगिन्द्रा खुसी · साउन ८, २०८१ ९:०० AM
Cover Image for News

उस्ले निधारभरि 
 यसरी रङ्ग दल्यो र भन्यो
 म विधाता हुँ तिम्रो भाग्यको !
 
 उस्ले पहिले धोती लगायो 
 जनै लगायो
 कन्धनी कस्यो र भन्यो 
 तँ राक्षस होस्
 तँ दलित होस् 
 तँ जनजाती होस् 
 तेरो र मेरो भाग्यको
 रेखा फरक फरक रङ्गले पोतिएको छ !
 र भान्साकोठामा सबभन्दा माथि उसैले
 आसन जमायो
 शिवलिङ्ग अगाडि अश्लील ढङ्गले पल्टिएको
 गजधम्म साँढेझैं !
 
 उस्ले बिज्ञानलाई गाली गर्यो र
 ईश्वरको स्थापना गर्यो
 त्यो ईश्वर न कहिल्यै बोल्यो 
 न मानिसका पीडामा आँसु बगायो 
 ईश्वरले केही दिएन 
 प्रसादको नाममा कहिले मानिसकै रगत
 कहिले पशुपन्छीका रगतले
 आफ्नो शरीर भिजायो !
 जब थाह पायो त्यो मानिसले
 ईश्वरको अमुक शक्ति 
 र थाह पायो 
 मानिसको मनमा उत्पन्न भएको भय ।
 
 उस्ले भगवानको मूर्ति फ्याँको 
 र आफै ईश्वर भएको घोषणा गर्यो 
 अहिले धर्मलुट भएको छ 
 व्यभिचार र अत्याचार भएको छ 
 र ईश्वर भनिएको 
 त्यो घातक छाया 
 पलायन भएको छ 
 मान्छेको बस्तीबाट !
 
 गण्डकीपुत्र , झोराहाट , मोरङ्ग 
 हाल :- अमेरिका

ट्यागहरू:
सहित्य कविता literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
यू एस ए निवासी गंगाराम रिजालको कविता “षड् ऋतुहरूमाहुने परिवर्तन”
यू एस ए निवासी गंगाराम रिजालको कविता “षड् ऋतुहरूमाहुने परिवर्तन”
गंगाराम रिजाल पोष्ट - खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४
कृष्ण शरण उपाध्याय पौडेलको कविता विभूति
कृष्ण शरण उपाध्याय पौडेलको कविता विभूति
कृष्ण शरण उपाध्याय पौडेल पोष्ट - खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४
रोहिणि रसिकको कविता समयको उद्गार
रोहिणि रसिकको कविता समयको उद्गार
रोहिणि रसिक पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १४ नोभेम्बर २०२४