गीता अर्यालको'पर्खाल भित्रको जून' बजारमा

दिलिप घिमिरे · माघ ५, २०८२ ६:४१ PM
Cover Image for News

झापा ४माघ/नोबेल साकोस साहित्य संस्थाले कवि गीता अर्यालको कविता सङ्ग्रह 'पर्खाल भित्रको जून'को शनिबार लोकार्पण गरेको छ।

कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई  समेत सम्मान गरेको छ  ।

सम्मान संस्थाका संस्थापक सदस्य रोहित कार्कीको सभापतित्वमा रत्न पुस्तकालय, मध्य बानेश्वरको प्राङ्गणमा आयोजित कार्यक्रममा सभापति कार्की,विशिष्ट अतिथिहरू डा. दामोदर पुडासैनी,पुष्प रञ्जित लगायतले दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गरिएको हो।

कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार राधेश्याम लेकाली,सभापति रोहित कार्की, साहित्यकारहरू डा.दामोदर पुडासैनी, अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुली लगायतले लोकार्पण गर्नु भएको थियो ।

नोबेल साकोस साहित्य संस्थाका अध्यक्ष राजनप्रसाद न्यौपानेको सक्रिय व्यवस्थापनमा आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व र लोकार्पित कृतिको बारे समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्कीले प्रकाश पार्नु भएको थियो ।

फोटो
संस्थापक सदस्य सूर्य तामाङले स्वागत गर्नु भएको कार्यक्रममा बिष्णु गुरूङले देशभक्ति गीत गाउनु भयो भने साहित्यकारहरू डा. दामोदर पुडासैनी, पुष्प रञ्जित, देवी पन्थी, गीता अर्याल, कविराज घिमिरे, निर्मलरमण पराजुली, पुष्प लुईंटेल,शम्भु गजुरेल, मीना अर्याल, द्वारिका कुईंकेल, सानु शर्मा, चन्द्रा नेउपाने लगायतले आ-आफ्नो कविता वाचन गर्नु भएको थियो।
कार्यक्रममा साहित्यिक योगदान पुर्‍याए बापत सर्जकहरू एञ्जेलिना न्यौपाने, सुरेशचन्द्र घिमिरे, सुनिता बराल, कविराज घिमिरे र दलबहादुर नेपाली समेत सम्मानित हुनु भएको थियो ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।