गौरादहमा नव वर्ष २०८३ को अवसरमा ‘चौथो जेसीज साँझ’ कार्यक्रम सम्पन्न
झापा ३० चैत्र /नव वर्ष २०८३ को अवसरमा गौरादह जेसीजको आयोजनामा ‘चौथो जेसीज साँझ’ कार्यक्रम लायन्स चिल्ड्रेन पार्कमा सम्पन्न भएको छ ।
कार्यक्रम लायन्स चिल्ड्रेन पार्कमा कवि तथा गजलकारहरू सुदेश सत्याल,विवश बलिभद्र कोइराला, टिका अत्रेय, शिशिर भट्टराई, रिता पोख्रेल र खगेन्द्र नेउपानेले आफ्ना रचना वाचन गरेका थिए।साथै असमका नेपाली स्रष्टा अनुप शर्मा र रामप्रसाद दाहालले समेत रचना प्रस्तुत गरेका थिए।कार्यक्रमको सहजीकरण स्रष्टा दीपक सुवेदीले गर्नुभएको थियो।
कार्यक्रमको औपचारिक सञ्चालन गौरादह जेसीजका पूर्वअध्यक्ष जेसी खड्गबहादुर थापाले गर्नुभएको थियो भने उपाध्यक्ष जेसी शीतल अधिकारीले स्वागत गर्नुभएको थियो ।