गौरी तमूको ‘सैँप्रोल’ कविता सङ्ग्रह विमोचित
झापा २४ माघ/कवि गौरी तमुको नयाँ कविता कृति ‘सैँप्रोल’ काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार विमोचन गरिएको छ ।
गुरुङ भाषा र साहित्यका क्षेत्रमा लामो समयदेखि क्रियाशील स्रष्टा हुन्।लेखकहरू राजन मुकारुङ,दीपक सापकोटा,रजनी ढकाल र गौरी तमूले कविता सङ्ग्रहको विमोचन गरेका हुन् ।
विमोचनपछि किताब र कवितामाथि अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिएको थियो । अन्तरक्रियामा ‘सैँप्रोल’ गुरुङ भाषा र संस्कृति चियाउने आँखिझ्याल भएको र आदिवासी–जनतजातीसम्बन्धीको पहिचान साहित्य नै मुलधारको साहित्य भएको राजन मुकारुङले बताए । 
‘सैँप्रोल’ का कविताले गुरुङ–संस्कृति र पहिचानमाथि गम्भीर विमर्श गर्ने रजनी ढकालले बताइन् ।
किताबले महिला अस्तित्वसँगै तमू (गुरुङ) हरूको उत्पत्ति, संस्कृति, मृत्यु संस्कार र तमूसँगै आदिवासी भूगोल–संस्कृतिमाथिको आक्रमणबारे विमर्श गर्ने आशा राखिएको कवि गौरी तमूले बताइन् । तमूको यसअघि गुरुङ–नेपाली भाषाको द्विभाषिक मुक्तक संग्रह ‘समैँ दर्बानी’ प्रकाशित छ ।
इन्डिगो इन्कले प्रकाशन गरेको कविता–किताब ‘सैँप्रोल’ को मूल्य २७५ रुपैयाँ रहेको छ ।