गजलगो लिला अनमोलको महफिल-ए गजल कार्यक्रम इटहरीमा सम्पन्न
झापा २४ चैत्र /इटहरीमा गजलकार लिला अनमोलको महाफिल-ए गजल कार्यक्रम आइतबार सम्पन्न भएको छ।
कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय रामप्रसाद महतोको प्रमुख आतिथ्य र सङ्गीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष मणिकुार गुरुङको अध्यक्षतामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
सङ्गीत साधना प्रतिष्ठान नेपाल र नेपाल बिटको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियोे ।
उत्कृष्ट गजल प्रस्तुतिहरू मार्फत दर्शकलाई भावनात्मक र सांगीतिक आनन्द प्रदान गर्न सिपालु लिला अनमोल शक्तिशाली नारी गजलगो हुन्।
उनलाई प्रतिष्ठित तथा उदीयमान कलाकारहरूले शब्द,स्वर र संगीतको सुन्दर समिश्रणबाट कार्यक्रममा साथ दिएका थिए।
अनमोलको दमदार गजल वाचन, कलाकारहरूको बेजोड प्रस्तुति र साहित्य तथा सङ्गीतप्रेमीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमको रौनक बढाएको युवाकवि तथा सञ्चारकर्मी रामप्रसाद खरेलले बताए ।