गजल
कतै बिना ड्राइभर देश चल्छ कतै बस चल्छ
म देशमा छु कि बिदेशमा यता अौजश चल्छ
चल्न त चलेकै छ समृध्दिका हावा तथा हुरीहरु
महंगी र भोकमारीमा कसरी समृध्दीको रश चल्छ ?
अन्त ब्यवस्था परिवर्तन हुँदा अवस्था हुन्छ रे
यता रिमोटले नै जित्छ रिमोटको टस चल्छ
बाले कल्पना गरेको र अामाले सोचेको देशमा
खोज्छु सत्य तर कतै भेट्दिन तहश नहश चल्छ
यो स्माइल पिरोलिँदै हिँड्छ बाटाभरी किन हो ?
ऐनामा नेपाली पन हेर्यो मात्र वादको बहश चल्छ
ट्यागहरू:
सहित्य
गजल
literature
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रात्री आकाश" गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न ... !
दिलिप घिमिरे - शनिबार २७ डिसेम्बर २०२५
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४
सुधिर थापाको गजल
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४