फ्याकिएकी आमा

Angel Devi · मंसिर २७, २०८० २:४९ PM
Cover Image for News

फ्याकिएकी आमा
आाँखा  भरि आँशु नै आँशु भए पनि तिम्रै माया छ ,
बिन्द्राबन्को एकलाश भित्र बसेझै तड्पीरहेछु छोरा!
हिजो तिमीलेनै जहाँ छोडेको थिएऊ त्यही छु !
मेरो आँखाको हेराई भने तिमी आएर हिडेझै देखीरहेछु छोरा!

घामपानिले बर्साऊदा तिमीलाईत केही भएन भन्ने लाग्छ ,
तिम्रै चिन्तामा आज फेरी आगोले सल्केझै जल्लीरहेछु छोरा!
मरि सके तिम्रै प्रतिरक्षामा तर तिमीले फाली हिड्यौ,
पैतालाले साथ दिन छाडो अन्धेझै हिडीरहेछु छोरा!

भोक-भोकै कति हिडे अरुलेनै छोडेको माम खाए ,
पानि पिऊँद तिम्लाई सम्झी मरेझै अड्कीरहेको छु छोरा!
चाडबाँड आयो रे जहाँ रहे पनि मेरो आषिश छ है,
फाटेको लुगा टाल्न नसकी पागल बनेझै हिडीरहेछु छोरा!

तिमीलाई त सन्चै होला सत्रु कहिले नलागोस, अन्तिम स्वाँस फेरि संसार छोडेझै बाँचीरहेछु छोरा!
संसार बाट बिदा भए छोरा आर्याघाटमा आऊनु,
खरानी बनि उड्दै तिम्लाई भेटेझै खुसीले उडीरहेछु छोरा!


अन्ततः आमालाई छोराले चाहेर पनि भेट्न सकेन!! 
Created by Angel Devi

ट्यागहरू:
सहित्य कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
याे दशैंमा
याे दशैंमा
✍️ मनुहाङ किराँती"साेलु", पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २० अक्टोबर २०२६
चित्रभित्र हराएको घर
चित्रभित्र हराएको घर
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - शुक्रबार १६ अक्टोबर २०२६
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६
मनको ताजमहल
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६