फ्याकिएकी आमा

Angel Devi · मंसिर २७, २०८० २:४९ PM
Cover Image for News

फ्याकिएकी आमा
आाँखा  भरि आँशु नै आँशु भए पनि तिम्रै माया छ ,
बिन्द्राबन्को एकलाश भित्र बसेझै तड्पीरहेछु छोरा!
हिजो तिमीलेनै जहाँ छोडेको थिएऊ त्यही छु !
मेरो आँखाको हेराई भने तिमी आएर हिडेझै देखीरहेछु छोरा!

घामपानिले बर्साऊदा तिमीलाईत केही भएन भन्ने लाग्छ ,
तिम्रै चिन्तामा आज फेरी आगोले सल्केझै जल्लीरहेछु छोरा!
मरि सके तिम्रै प्रतिरक्षामा तर तिमीले फाली हिड्यौ,
पैतालाले साथ दिन छाडो अन्धेझै हिडीरहेछु छोरा!

भोक-भोकै कति हिडे अरुलेनै छोडेको माम खाए ,
पानि पिऊँद तिम्लाई सम्झी मरेझै अड्कीरहेको छु छोरा!
चाडबाँड आयो रे जहाँ रहे पनि मेरो आषिश छ है,
फाटेको लुगा टाल्न नसकी पागल बनेझै हिडीरहेछु छोरा!

तिमीलाई त सन्चै होला सत्रु कहिले नलागोस, अन्तिम स्वाँस फेरि संसार छोडेझै बाँचीरहेछु छोरा!
संसार बाट बिदा भए छोरा आर्याघाटमा आऊनु,
खरानी बनि उड्दै तिम्लाई भेटेझै खुसीले उडीरहेछु छोरा!


अन्ततः आमालाई छोराले चाहेर पनि भेट्न सकेन!! 
Created by Angel Devi

ट्यागहरू:
सहित्य कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रातसँगै पलाएको सपना
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६