एउटा गहिरो मौनता

नैना अधिकारी पोष्ट-दिलिप घिमिरे · कार्तिक ६, २०८१ ८:०९ PM
Cover Image for News

एउटा गहिरो मौनता
                          ✍️नैना अधिकारी 

हिजोका घटनाहरू जस्तै
आजका घटनाहरू पनि
लेखिनेछन्
इतिहासका पानाहरूमा
कुनै काला अक्षरले
कुनै सुनौला

के कहिले चिच्याउलान् त!
ती सबै कुरा
इतिहासको पानाबाट बाहिर निस्केर,
ती अक्षरहरूले
के कहिले माग्लान् त
मानवताले जोगाएर राखेका 
अँध्यारा रातका ती सबै घटनाहरूको हिसाब

सुनसान सडक 
सुतेको छ
गहिरो मौनता ओढेर
यत्तिकैमा 
दृश्यमान हुन्छ
एउटा निर्मम दृश्य
फिजिन्छ चारैतिर 
एउटा
कहालीलाग्दो चीत्कार
तर,
चिच्याउँदो आत्माको रोदन सुनेर 
बन्द गर्छन् सबैले
आफ्ना कानहरू
इतिहासका सुनौला अक्षरहरू
नखोज्ने उन्माद हुल

चौबाटाको बिचमा सजाइएका
ती तीन मूर्तिको
अनुहार 
फेरिएको छ -
एउटाले आँखामा पहेँलो चस्मा लगाएको छ
अर्काको कानमा खाँदिएको छ इयरफोन
बजिरहेको छ पप सङ
तेस्रोको जिब्रो
निरङ्कुश लपलपाइरहेछ बाहिर

दृश्य दृश्यमान हुँदै थियो
द्रुत गतिमा
अनि अगाडि उभिएको थियो
एउटा लामो भिड
सभ्यता र संस्कृतिको बोझ जस्तै
जीवित 
मूर्तिको रूपमा।

-कामरूप, खेत्री,असम

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
याे दशैंमा
याे दशैंमा
✍️ मनुहाङ किराँती"साेलु", पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २० अक्टोबर २०२६
चित्रभित्र हराएको घर
चित्रभित्र हराएको घर
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - शुक्रबार १६ अक्टोबर २०२६
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६
मनको ताजमहल
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६