एपेक नेपालको २७ औं वार्षिकोत्सवमा द्विदेशीय काव्यगोष्ठी काठमाडौंमा सम्पन्न
झापा २७ चैत्र /एपेक नेपालले आफ्नो २७औं वार्षिकोत्सवको अवसर पारेर द्विदेशीय काव्यगोष्ठी गरेको छ।
राजधानीमा आयोजित उक्त गोष्ठीमा नेपाल र भारतका ३५ कविले कविता वाचन गरेका थिए।उक्त गाेष्ठीमाभारतीय कविहरूले नेपालीमा र नेपाली कविहरूले हिन्दी भाषामा कविता सुनाएका थिए।
उक्त कार्यक्रममा हिन्दुस्तान भाषा अकादेमीकाे त्रैमासिक साहित्यिक पत्रिका ‘हिन्दुस्तानी भाषा भारती’ को लोकार्पण पनि गरिएकाे थियाे।
एपेक नेपाल नेपाली वाङ्गमयको श्रीवृद्धिमा २७ वर्षदेखि समर्पित संस्था साहित्यिक संस्था हाे।
एपेकका कार्यकारी निर्देशक कवि राजेन्द्र शलभले शब्दमार्फत स्वागत गरेका थिए। एपेकका अध्यक्ष विश्वविमोहन श्रेष्ठले यस्ताे कार्यक्रम आगामी दिनहरूमा गर्दै जाने बताए।