एकैदिन दुई श्रेष्ठका दुई कृति विमोचन

खगिन्द्रा खुसी · माघ १३, २०८२ ८:३१ PM
Cover Image for News

झापा, माघ १२ । राजधानीमा एकैदिन दुई कृतिहरु बिमोचन भएका छन् । साहित्यिक पत्रकार संघले आयोजना गरेको एक कार्यक्रममा उक्त दुई पुस्तक विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ लगायतले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’का गद्य रचनाहरू’ गरी दुई कृतिहरू सार्वजनिक गरेका हुन् । ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ ग्रन्थका लेखक कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठ हुन् । कार्यक्रममा ग्रन्थकार श्रेष्ठकै गीत ‘नसा नसामा’ पनि सार्वजनिक गरियो । 

शनिबार राजधानी सम्पन्न सार्वजनिक गरिएको सो गीतमा नरहरि प्रेमीको स्वर र संगीत रहेको छ । कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठले ‘पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’का गद्य रचनाहरू’माथि समीक्षात्मक टिप्पणी गरे भने साहित्यकार प्रमोद प्रधानले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ ग्रन्थमाथि समीक्षात्मक टिप्पणी गरे ।प्रमुख अतिथि वनस्पतिविद् डा. श्रेष्ठले आफ्ना बुबा र काकालाई कृति मार्फत् चिनाउन सकेकोमा कृतिकारको प्रशंसा गर्दै पुस्तक एक ऐतिहासिक अभिलेख भएको बताए । कृतिकार श्रेष्ठले आफ्ना बुवा पूर्णबहादुर श्रेष्ठ र काका जुद्धबहादुर श्रेष्ठको स्मरण गरे । उक्त कार्यक्रममा राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, दिनेश डिसी, कुशकुमार जोशी लगायतले बोलेका थिए ।

ट्यागहरू:
सहित्य literature sahitya nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।