दिदी अनि देवता

Arjun Uprety · मंसिर १९, २०८० २:०६ PM
Cover Image for News

यो सुन्दर ब्रह्माण्डमा
जब मैलेँ 
दिदी भनेर 
दिदीलाई नै पहिचान गर्नु अघि 
मेरी प्यारी दिदी 
कसैको जीवनमा 
चम्पा चमेली झैँ 
सजी सक्नु भएको रहेछ
मेरो आफ्नो दिदी 
केवल एकमात्र प्यारो दिदी ।

उस बेला प्रत्येक दशैँमा
दिदी आउनु हुन्थ्यो 
र दिदी सँगै 
दिदीका अरू मनहरूको पनि 
ख़ुशी साथ 
रातो टिका अनि जमरा लगाई 
आशीष लिनु हुन्थ्यो 
तर आज भोली 
दशैँ आउँछ जान्छ 
अनि तीज आउँछ जान्छ 
तर अपसोच 
भिनाजुको माइत जानु भएकी मेरी दिदी 
कहिल्यै आउनु हुन्न ।

( दशैँ पछिको पूर्णिमालाई 
विदाईका हातहरू नहल्लाउँदै )२
हामी माझ 
त्यो औँसीको रात सँगै 
तिहारको आगमन हुन्छ 
त्यही औँसीलाई साक्षी राख्दै 
चेली र माइतीको सम्बन्ध प्रगाढ बनाउँदै 
दिदीको हातबाट 
सप्तरंगी टिका 
खुशीसाथ लगाइन्थ्यो 

( तर आज भोली )२ 
न त दशैँमा दिदी आउनु हुन्छ 
न त भाई टिका मनाउन हामी जान्छौँ 
( किनकी )२
दिदीको मन भित्रको 
देवता कोठामा 
देवता नै परिवर्तन भएको छ ! 

- ‘दियालो’ सुसन माझी

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
एक्लो बाटोको गीत
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६
म मरेको दिन…
म मरेको दिन…
कर्ण गुरुङ - मङ्गलबार १ सेप्टेम्बर २०२६
मूर्तिको आँखाभित्रको देश
मूर्तिको आँखाभित्रको देश
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६
रातसँगै पलाएको सपना
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६