डट कम
बेघर मान्छेलाई
आउँदैन कोही भेट्न ।
आउँदैन चिट्ठी
आउँछ इमेल।
उपग्रह नै उसको ठेगाना
उसले गर्छ इ-विवाह ।
पण्डितले पढ्छ इ-मन्त्र
खान्छन् सबैले इ-भोज ।
ठाउँ-ठेगानाबिनै
जन्मिन्छ एउटा राष्ट्र ।
एउटा लोकतन्त्र
एउटा विश्व डट कम।
आभाष धेरै।
वास्तविकता कम।
ट्यागहरू:
सहित्य
कविता
literature
sahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६