डास्पोरिक साहित्य सम्बन्धि परिचर्चासँगै कविता वाचन सम्पन्न
झापा ३०पुस/साहित्यकारद्वय सीता पाण्डे र हिक्मत थापासँग डास्पोरिक साहित्य सम्बन्धि परिचर्चा अनि सिर्जना वाचन सम्पन्न गरिएको छ ।
सीता पाण्डे संयुक्त राज्य अमेरिका र हिक्मत थापा नाइजेरियामा अस्थाई रुपमा बस्दै आइरहनु भएको छ।
सीता पाण्डे तीसको दशकदेखि कथा लेखनमा सक्रिय नाम हो।उनका‘असजिला खुसीहरू’कविता सङ्ग्रह,'यौन र अनुभूति'आलेख सङ्ग्रह,'बन्धकी खुसीहरू'कथा सङ्ग्रह लगायत आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।लामो समयदेखि अमेरिकामा बस्दै आएकी पाण्डे हाल नेपाल आएकी छिन् ।
त्यस्तै,साहित्यकार तथा गगन फाउण्डेशनका संरक्षक हिक्मत थापाको चर्चित कविता कृति ‘चिबोकका केटीहरु’ -२०१५ प्रकाशित छ।
सर्जक हिक्मत थापाले नाइजेरियाको अवस्था र त्यहाँका नेपालीहरूको जीवन कथा सुनाउनु हुँदै आफू २० वर्षदेखि त्यहाँ सम्मनित जीवन बिताइरहेको कुरा सुनाउंदै माहौल आनन्दित तुल्याउनु भयो। उहाँले एउटा कविता पनि वाचन गर्नु भयो।
चिया सागर रेष्टुरेन्ट नयाँबानेश्वर काठमाडौँमा सोमबार आयोजित कार्यक्रम ज्योति साहित्य प्रतिष्ठान काठमाडौँ र विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा भएको थियोे ।कार्यक्रमका प्रमुख अतिथि कवि शैलेन्द्र साकार रहनुभएको थियो ।
सीता पाण्डे र हिक्मत थापा दुबैजनालाई राम्ररी चिन्दछु र उहाँहरू राम्रा नेपाली सर्जक हुनुहुन्छ भन्नु भयो। दुबैको उज्वल भविष्यको शुभकामना व्यक्त गर्नुहुँदै साकारले एउटा कविता सुनाउनु भयो।
विशिष्ट अतिथि प्रा डा भरतकुमार भट्टराईले साहित्यिक वातावरणको संक्षिप्त टिप्पणी गर्नु हुँदै स्रष्टा पाण्डे र थापाप्रति शुभकामना व्यक्त गर्नु भयो तथा एउटा रोचक कविता सुनाउनु भयो।
विश्व नेपाली साहित्य महासङ्घको नेपाल शाखाका उपाध्यक्ष रवीन्द्र आशिष शैली, श्रीराम पाण्डे, योगाज राजन कविराज र राजेश राज के सी लगायतले आ-आफ्ना कविता वाचन गर्नु भएको कार्यक्रममा सभाध्यक्ष मणिराज सिंहले स्रष्टाद्वय सीता पाण्डे र हिक्मत थापालाई शुभकामना व्यक्त गर्नु हुँदै उतरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।