डोरबहादुर बिष्टको ‘फेटालिजम एण्ड डेभलपमेन्ट’ पुन: प्रकाशन

दिलिप घिमिरे · माघ ६, २०८२ १०:२९ PM
Cover Image for News

झापा ५माघ/मानवशास्त्रीका पिता डोरबहादुर बिष्टको १००औँ जन्मोत्सवको अवसरमा उनको चर्चित पुस्तक ‘फेटालिजम एण्ड डेभलपमेन्ट’को नयाँ आवरण सार्वजनिक गरिएको छ।

ललितपुरस्थित उनको घरमा सोमबार आयोजित कार्यक्रममा छोरा केशरबहादुर बिस्टले आवरण लोकार्पण गरेका हुन्।घरमा भेला भएका शुभेच्छुकसमक्ष बिष्टले राज्यले नै प्राध्यापक बिष्टको जन्मोत्सव मनाउनुपर्ने हो तर वास्ता नगरेको गुनासो गरे ।उनको जन्मोत्सव ‘त्रिभुवन विश्वविद्यालयले मनाउने गरेको थियो।सयपटक त्रिभुवन विश्वविद्यालको कपाल दुःखेन’ उनले भने,‘अब सम्पूर्ण किताबको पुन: प्रकाशनसँगै नयाँ पाठकले उहाँलाई सम्झनुहुनेछ।’
 
बिष्टका बारेमा बनेको डकुमेन्ट्री ‘इन टू द मिस्ट’का निर्देशक सचिन घिमिरेले केही महिनाअगाडि अमेरिकाको हार्भर्डलगायतका विभिन्न पाँच विश्वविद्यालयमा गएर डकुमेन्ट्री देखाएको कथा सुनाउँदै भने,‘अमेरिकामा `सोताला´ उपन्यासमा चलचित्र बनाउने रुचि भएका नेपाली पनि भेटिए ।’
 स्मरण रहोस् विष्टद्वारा लेखिएको सोताला उपन्यास नेपाल-भोटबीचको सामाजिक सम्बन्ध,व्यापार,त्यहाँको वस्तुस्थिति,धर्म संस्कृति,मौलिकता लगायतका कुरालाई आधार मानेर लेखिएको छ। 

बिष्टको जन्मोत्सवको अवसरमा बुकहिलले प्रकाशन गर्न लागेको ‘फेटालिजम एण्ड डेभलपमेन्ट’ किताबको नमुना प्रति बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले हस्तान्तरण गरेका थिए।
 विष्टको त्यही‘फेटालिजम एण्ड डेभलपमेन्ट’ नामक किताब पढेरै नेपालका आदिवासी जनजाति,मधेसी,दलित,महिला,मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरु नेपालमा रहेको जातीय,भाषिक,क्षेत्रीय, लिंगीय,धार्मिक,वर्गीय आदि विभेदविरुद्ध बुलन्द आवाज उठाउन थाले । 

‘रिपोर्ट फ्रम ल्हासा’को नेपाली अनुवाद ‘ल्हासाको खबर’ प्रकाशन गरेको बुक हिलले बिष्टका अरू सबैजसो किताब प्रकाशन वा पुनःप्रकाशन गर्ने खड्काले जानकारी दिए ।
 २०५२ पुसमा कर्णाली छोडेका बिष्ट त्यसपछि बेपत्ता छन्।२०५४ चैत १२ मा पत्नीविगोग भएको समाचार जताततै आउँदा पनि बिष्ट घरमा आएका थिएनन् ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।