चर्चित कवि नवराज पराजुलीको ´कथामा भेटौँला`कविता कृति बजारमा आउने तयारी
झापा १९ बैशाख/चर्चित कवि नवराज पराजुलीको ´कथामा भेटौँला` कविता कृति बजारमा आउने भएको छ।
बिर्तामोडमा आयोजित `झापा कविता कन्सर्ट´मा आफ्ना पाठक तथा दर्शनहरुलाई दोस्रो कृतिको बारेमा पराजुलीले खुलासा गरेका हुन्।
पराजुलीको पद्मश्री पुरस्कार जित्न सफल कविता कृति सगरमाथाको गहिराइ प्रकाशन भएको दश बर्ष पुगेको अवसरमा नेपाली साहित्य डट कमले आयोजना गरेको `झापा कविता कन्सर्ट´मा पराजुलीले आफ्नो दोस्रो कविता सङ्ग्रह ´कथामा भेटौँला` कृति पाठक सामु ल्याउन लागेको बताए।
कार्यक्रममा पराजुलीले आफ्ना शक्तिशाली सृजना `ह्याप्पि बर्थडे´,`स्कुल´, ,`तिमी उस्को हुनु´,`स्याबास´ , `कथामा भेटौँला´ र
एउटा प्रमिल गजल वाचन गरेका थिए ।
पराजुलीले साहित्यिक यात्रा गजलबाट सुरु गरे । त्यससँग अन्य केही कविता पनि लेखे ।तर सगरमाथाको गहिराइले उनको परिचयलाई चम्किलो बनाइदियो।प्रकाशित कविता संग्रहको कुरा गर्ने हो भने उनको एउटै मात्र कृति प्रकाशित छ अहिलेसम्म। ‘सगरमाथाको गहिराइ।’ त्यसपछि उनको साहित्यिक यात्रा निरन्तर छ।उनी हरेक समय साहित्य सिर्जनामा लागिरहेका हुन्छन्।
दश बर्ष भयो पहिलो कृति प्रकाशन गरेको ।सायद उनलाई सबैले सोध्ने प्रश्न यही होला,कहिले आउँछ दोस्रो कृति ? कृति तयारीको काम पूरा भएको र दोस्रो कृति भने झापामा विमोचन गरिने समेत बताए ।
नवराजलाई नेपाली साहित्यमा फरक प्रयोग गर्ने साहित्यकारका रूपमा चिनिन्छ।उनी कहिले कवितामा संगीत संयोजन गरेर म्युजिक भिडियोमार्फत पनि व्यक्त गरिरहेका हुन्छन् भने कहिले स्टेजमा कलात्मक रूपले प्रस्तुत गरिदिन्छन् । तर उनले जसरी आफ्नो सिर्जनालाई प्रस्तुत गरेका छन्,सबै दर्शकले मन पराइदिएका छन्।त्यसैले पनि होला उनी दर्शकप्रति आभार व्यक्त गरेका छन् ।
दश बर्ष अघि काठमाडौंमा आमाको हातबाट विमोचन गरेको कृति आज`झापा कविता कन्सर्ट´मा पुनः कृति विमोचन गर्न पाउँदा हर्षित भएको कवि पराजुलीले बताए ।
कृति प्रकाशन गरेको दश बर्ष पुगेको यो सुखद क्षणमा आमा,दर्शक,पाठक तथा शुभचिन्तकहरुसँग शुक्रबार एक कार्यक्रममार्फत आभार प्रकट सहित विमोचन गरेका थिए ।
बिर्तामोडस्थित होटल किङ्सबरीमा आयोजित कार्यक्रमको संयोजन नेपाली साहित्य डट कमका निर्देशक अर्जुन उप्रेतीले गरेका थिए भने कार्यक्रमको सहजीकरण स्रष्टा सुनिता तामाङले गरेकी थिइन्।