चर्चित कवि भरत गुरागाईको `बर्बरिकका कविताहरु´ कविता कृति इटहरीमा विमोचन

दिलिप घिमिरे · पौष २५, २०८२ ७:४५ PM
Cover Image for News

झापा २५पुस/चर्चित कवि भरत गुरागाईको `बर्बरिकका कविताहरु´कविता संग्रहको विमोचन भएको छ।
कार्यक्रम सार्क कवि मनु मञ्जिलको प्रमुख आतिथ्यमा आज इटहरीको गङ्गा जमुना होटलमा सम्पन्न भएको हो।
प्रमुख अतिथि मञ्जिलले आफ्ना भनाइ राख्दै `गराज´ कविता वाचन गरे।उनले  कविको कविता वाचन शैली प्रशंसनीय रहेको उल्लेख गर्दै लेखक–कलाकारमा अनावश्यक सजावटभन्दा सादगी र भाव नै महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा विशिष्ठ अतिथि धरान उपमहानगरपालिका–१३ का वडाध्यक्ष नेत्र काफ्ले,अतिथिहरू लेखनाथ घिमिरे, सुभद्रा प्याकुरेल,प्रा डा भीम खतिवडा, प्रा डा बद्री विशाल पोखरेल, मोहन तुम्माङ र कृष्ण विनोद लम्सालको उपस्थिति रहेको थियो।

धरानका वडा अध्यक्षले शुभकामना दिदै `किताब म तेतिकै लादिन किनेर लान्छु जति दिन चाहानुहुन्छ,सबैले कविता लेख्न सक्दैन अद्भुत क्षमता चाहिन्छ,भन्दै लेखकलाई उर्जा दिएका थिए।

फोटो
अध्यक्ष हेमन्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समीक्षा भने कवि मुना आत्रेयको रहेको थियो। कृतिमाथि समीक्षा गर्दै समीक्षक मुना आत्रेयले कवितामा गहिरो भाव रहेको उल्लेख गर्दै कविले कवितामार्फत पाठकलाई रुवाउन सक्ने अद्भुत क्षमता रहेको बताइन्। उनले कृतिलाई संवेदनशील र भावप्रवण रचनाहरूको सशक्त संग्रहका रूपमा व्याख्या गरेक थिइन्।
 
मैले आफ्नो कृति इटहरी मायघरलाई दिएको छु।यसबाट आएको पैसा मायाघरलाई नै हुनेछ लेखकले आफ्मो भनाइ व्यक्त गरे। 
त्यस्तै साहित्यकार भीम खतिवडाले नाटक मन परे झैं  यस कृतिका कविताहरू अझ प्रभावशाली रहेको बताउदै कविताले पाठकलाई भित्रैसम्म हराउन बाध्य बनाउने, मुटु र मस्तिष्कलाई थेरापी दिने र ऊर्जाशील अनुभूति गराउने खालका रचनाहरू समेटिएको धारणा व्यक्त गरे।
 
राधा सुवेदी,सविना श्रेष्ठ ,नवीन थापाले कृतिबाट एक-एकवटा वाचन गरेका थिए। 
कार्यक्रममा कविहरुको बाक्लो उपस्थिति रहेको थियो।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।