चप्पलको चिरफार र चर्चा

दिलिप घिमिरे · साउन २८, २०८१ ९:५२ AM
Cover Image for News

चप्पलको चिरफार र चर्चा
 कृति समीक्षा
 कवि युवा मनहरुका ढुकढुकी हुन् । नयाँ जोश र जाँगरको बिम्ब हुन् उनी । उनको पहिलो तर नविन प्रयोग
 गरिएको कविता सङ्ग्रह नामै हो ‘चप्पल' । जिबीएलओको प्रकाशनमा बजारमा ल्याइएका छोटा कविताहरुको यस कृतिमा जम्मा ७७ वटा कविताहरु सङ्ग्रहीत छन् । हाल उनी अमेरिका निवासी स्रष्टा हुन् । हिजो भूटान र नेपालको बसाईंका क्रममा जीवन भोगाईका दुःख, पीडा, अभाव कवितामा चित्रण गरिएको छ ।
 बदमास रुवाइ सङ्ग्रह वि.सं. २०६९मा प्रकाशीत गरी साहित्य यात्रामा इन्ट्रि गरेका राशिले आफूलाई साहित्य क्षेत्रमा स्थापित गर्दै  वि.सं. २०७२ सालमा पुनर्बास गजल सङ्ग्रह प्रकाशन गरे ।
 कवि लक्किले शरणार्थी जीवनलाई चप्पलसँग तुलना गरेर कविताहरुको सङ्गालो चप्पलको बिमोचन समेत शरणार्थी शिविरबेलडाँगीमा गरेका थिए ।

 अहिले युवा कविहरुले लेख्ने कविताको विषयवस्तु भनेको नै विग र वर्तमानका जीवनशैलीमा देखापरेका तीता, टर्रा, विकृति र विसङ्गति पक्षको साङ्केतिक टिप्पणी गर्दै उज्यालो भविष्यतिर उन्मुख हुन आग्रह हो,कविको अनुरोध हो । सामाजिक यर्थाथको वस्तुपरक अभिव्यक्ति दिने क्रममा नेपाली ग्रामिण समाजका
संस्कृतिलाई कविले कविताको विषय बनाएका छन् । 

कविले चप्पल शिर्षक कविताबाटै कविताको थालनी गरेका छन् । चप्पलहरु त पैतालमुनि दविने न हुन्,प्रयोग हुने न हुन्, प्रयोग हुनेहरुलाई प्रयोग गर्नेले कहिल्यै वास्ता नगरेको यर्थाथ कवितामा छ । चप्पल विभेदको प्रतिक हो।चप्पलले मन्दिर,घर, अफिस आदि ठाँउहरुमा बाहिरै बस्नु पर्छ ।रछ्यानमै वस्तु पर्छ, ओछ्यान पस्ने अधिकार छैन, चप्पल निरीह छ शरणार्थी झैं।

 दोस्रो कविता बसिबियाँलो यस कवितामा माटोप्रतिको माया व्यक्त गरेका छन् कविले । क्रमश शपथ, कठै, छिनेको चप्पल, ऐना, सृष्टि, पुर्पुरो आदि विभिन्न सरल विषय वस्तुमा कविका कविताहरु बगेका छन् । सङ्ग्रहको अन्तिम कविता हो ‘थोत्रो झाडू लगाउँछु' ।

समग्रमा यस कविता सङ्ग्रहभित्र संकलित कविताका माध्यमबाट लक्किले मातृभूमि, राष्ट्र र राष्ट्रियताप्रति अगाध श्रद्धाभाव, रोष र शरणार्थी जीवनप्रति व्यक्त गरेका छन् ।

कृतिकार- लक्की राशि
कविले कवितमा शहरीया जीवनका सुख भन्दा ग्रामीण जीवनका
दःखहरुलाई बढी प्राथमिकता दिएका छन् ।सामाजिक सांस्कृतिक परिघटनाहरु पनि कविले जीवन्त रुपमा उठाएका छन् ।

‘यति धेरै काम आफ्नै गाउँमा छन्
 युवाजति सबै अरुकै ठाउँमा छन्
 गरे भने त के हुदैन र
 नेपाली माटोमा
 अवसर छ जानेदेखि
 हरेक बाटोमा । (बसिबियाँलाबाट )

उनका केही कविताहरु सरल छन् भने केही मध्यम खालका र केही कविता लक्षणत्मक पनि छन् । सबै कविता छोटा छन्, पुस्तकको आकार पनि गोजिमा अटाउने खालको छ । कविता सङ्ग्रहको अर्को सवल पक्ष भाषा पनि हो । जुन यस सङ्ग्रहमा भाषा सम्पादन भावेश भुमरीले कुशलतापूर्वक गरेका छन् ।

 कविले जस्तो भोगे जस्तो, देखे जस्तो अनुभूति गरे त्यही अनुभूतिहरुका तीता र मीठा उपजहरुको दस्तावेज हो चप्पल कविता सङ्ग्रह |
 'न जग्गा न जमिन
 हरिबिजोग छ
 अनागरिक बनिरहे
 छोडेर सबथोक
 अझै पनि
 हात थापेर खान बाध्य छन् ।
 यशारा अरुकै चल्छ
 जान बाध्य छन्' । (अझै शरणार्थी जङ्गलमा )

आगामी दिनमा उनका थुप्रै कृतिहरु यसरी नै प्रकाशन भइरहून् ।
काम गर्नेको कमि कमजोरी हुन्छ।गल्ती हुन्छ । खैर गल्ती र कमि
कमजोरी नै सफलताको कडी हो यसैलाई मध्यनजर गर्दै कवि लक्कि राशिका सृजना परिस्कृत हुनेछन् भन्नेमा म विश्वस्त छु ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
इन्द्रेनी प्रकाशन असमको लाइब्रेरीमा 'चिया गफ'
इन्द्रेनी प्रकाशन असमको लाइब्रेरीमा 'चिया गफ'
दिलिप घिमिरे - मङ्गलबार २४ फेब्रुवरी २०२६
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
समीक्षक प्रकाश न्यौपाने पोष्ट-दिलिप घिमिरे - बिहिबार १५ जनवरी २०२६
सीमा आभासको `महायुग´उपन्यास पढेपछि .......
सीमा आभासको `महायुग´उपन्यास पढेपछि .......
समीक्षा-रीता पोखरेल,पोष्ट-दिलिप घिमिरे - शुक्रबार ९ जनवरी २०२६
एन.बी. दाहालको गीति काव्य  ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू   - विमला प्रधान जोशी
एन.बी. दाहालको गीति काव्य ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू - विमला प्रधान जोशी
समीक्षक-प्रधान जोशी,पोष्ट-दिलिप घिमिरे - शुक्रबार २८ नोभेम्बर २०२५