कविहरुको कविताले चुलाचुलीको जङ्गल झंकृत भयो
झापा, माघ २४ । चुलाचुलीमा प्रकृतिसँग साहित्य भाग २ सम्पन्न भएको छ । निङ्कोकमा पर्यटकीय स्थल संरक्षण समितिको आयोजना तथा चुलाचुली गाउँपालिकाको प्रायोजनमा सम्पन्न कार्यक्रम निङ्कोक्मा डाँडा माथिको जङ्गलमा सम्पन्न भएको थियो । कुशेडाँडा संरक्षण समितिक अध्यक्ष दिलिप खजुम को अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राज्ञ सुमित्रा वाङदेल चेली, स्रष्टा सुमन पोख्रेल, मन्जुल मितेरी, लगायतको विशेष आतिथ्य रहेको कार्यक्रममा झापा, इलाम, मोरङ, सुनसरी लगायत स्थानबाट आएका स्रष्टाहरुको र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । पालिकाका पूर्व नगर प्रमुख प्रदिप चन्द्र राईले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा स्रष्टा सुमन पोख्रेलले पनि कविता सहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शिवज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुले नृत्य द्वारा स्वागत गरिएको सो कार्यक्रममा स्रष्टा हाङयुग अज्ञातले स्वागत मन्तव्य राख्नुभएको थियो । 