फर्पिङमा बृहत् कवि गोष्ठी सम्पन्न

दिलिप घिमिरे · माघ २६, २०८२ १०:३७ AM
Cover Image for News

झापा २५ माघ/ नेपालको ऎतिहासिक पहिलो जलविद्युत उत्पादन गृह  फर्पिङको पानीपोखरीमा संयुक्त बृहत् कविता वाचन कार्यक्रम सम्पन्न गरिएको छ। 

१९६८ सालमा राणाकालिन प्रधानमन्त्री चन्द्रशमशेरद्वारा निर्माण गरिएको चन्द्रज्योति नाम दिइएको विद्युत  दरबारमा जोडिन्थ्यो। यसलाई नेपालको पहिलो जलविद्युत गृह मानिन्छ।   

सुसेली साहित्यिक प्रतिष्ठान, शब्दाङ‌कुर, वर्तमान कविता समूह र शब्दपथले आयोजना गरेको कार्यक्रममा काठमाडौँ,भक्तपुर र ललितपुरका स्थापित कविहरूको  उपस्थिति रहेको थियो । 

अलिअलि घाम,बतासमा प्रकृतिको रमणीय स्पर्श सहित कविता सुन्ने सुनाउने मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा सभापति,प्रमुख अतिथि बनाइएको थिएन,सबै कविहरूलाई प्रमुख भनी सम्बोधन गरिएको थियो।

आयोजक संस्था शब्दपथका प्रधान सम्पादक किशोर पहाडीले "आज मेरो एउटा सपना पूरा भयो" भन्दै "यो ऐतिहासिक स्थानमा स्रष्टा पदयात्रा सहित रचना वाचन गर्ने सपना केही वर्ष पहिलादेखि देखेको थिएँ। हाम्रो उमेरका मित्रहरू हिंडन गाह्रो मान्ने भएकाले सवारी साधनमै आएर भए पनि,चार विभिन्न संस्थाहरू मिलेर सम्पन्न गरिएकोमा खुशी लागेको छ" बताए।

फोटो
कार्यक्रममा कविहरू कृष्ण कँडेल,विश्व सिग्देल, चन्द्रबहादुर लामा,कृष्णकुमार श्रेष्ठ,गोविन्दबहादुर खड्का,चन्द्रलाल तामाङ,विनोद खत्री,दीपक लोहनी, धन्वन्तरी मिश्र,नवीनराज पाण्डे,नारायण तिवारी,प्रमोद प्रधान,बालकृष्ण श्रेष्ठ पासा,मुरारि सिग्देल,रजनी खत्री, रमेश बलामी,राजेन्द्र शलभ, रामगोपाल आशुतोष,अच्युत घिमिरे, राजाराम राउत,विधान आचार्य,विश्वनाथ वाग्ले,विश्वविमोहन श्रेष्ठ,विष्णुविभु घिमिरे,शेखर अर्याल,सञ्जय सुमन,सविता केसी बोहरा,सरिता बलामी,स्नेही शिव,सुभाषचन्द्र पौडेल भीमफेदीया,सुशान्त केसी, रामराजा केसी,धीरकुमार श्रेष्ठ,रमी प्रिया, डा शेखरकुमार श्रेष्ठ,भोगेन्द्र लिङ्देन र किशोर पहाडीले रचना वाचन गरेका थिए।

पर्यटन विषयमा वाचन गरिएका कविताहरू शब्दाङ‌कुरमा अंग्रेजीमा अनुवाद गरी प्रकाशन गरिने आयोजकले जानकारी गराएका थिए । 

रचना वाचन गर्ने कविहरूलाई आयोजक समूहका किशोर पहाडी,रमी प्रिया,राजाराम केसी र राजेन्द्र लिङ्देनले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमपश्चात् कविहरूलाई स्थानीयले नेवारी समेबजी खाजाले स्वागत गरेका थिए भने कविहरूले ऐतिहासिक जलविद्युत गृह, स्मारकस्थल,राणाहरूको तत्कालिन विश्रामगृहको अवलोकन पनि गरेका थिए।          
कार्यक्रम सञ्चालन सुसेली साहित्यिक प्रतिष्ठानका सल्लाहकार डा. शेखरकुमार श्रेष्ठले गरेका थिए ।

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #संस्कृति #परम्परा #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।