मुक्तिनाथ दर्शन साहित्य समाज नेपालले गर्यो एकैपटक पन्ध्र जना स्रष्टालाई सम्मान

खगिन्द्रा खुसी · माघ २६, २०८२ ४:०३ PM
Cover Image for News

झापा, माघ २५ । शनिबार मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँको पाँचौँ वार्षिकोत्सव सम्पन्न भएको छ । समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्व तथा इतिहासविद् प्राकृतिक व्यक्तित्व प्रा.डा दिनेशराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा पन्ध्रजना स्रष्टा व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गरिएको छ  ।

फोटो
  कार्यक्रममा स्रष्टाहरु  भुवनहरि सिग्देल, प्रह्लाद पोख्रेल, लक्ष्मणप्रसाद गौतम, कृष्णशरण उपाध्याय, धनराज गिरी, मधुसुदन सुवेदी, सुमित्रा सुमी, सुशीला ढकाल अधिकारी, भागवत सन्यासाश्रम राममन्दिर, बुढानीलकण्ठ वेदविद्याश्रम, लीला लुइटेल, अश्विनी कोइराला, गोविन्द घिमिरे वेदमणि, निर्मोही व्यास, महेश प्रसाईलाई सम्मान गरिएको थियो । सबै सम्मानित/पुरस्कृत व्यक्तित्वलाई जनही पन्ध्र हजार नगदसहित दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो । समालोचक युवराज मैनालीले सम्मानित/पुरस्कृत व्यक्तित्वका बारेमा सटिक परिचयात्मक परिचर्चा गरेका थिए । निर्मलरमण पराजुलीको  उद्घोषण रहेको कार्यक्रममा भागवत सन्यासाश्रमका पाँच वटुकद्वारा स्वस्तीवाचन गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।  कार्यक्रममा प्रमुख अतिथिद्वारा दीपोज्वनलगत्तै वरिष्ठ युरोलोजिष्ट तथा साहित्यकार प्रा.डा अर्जुनदेव भट्टको स्वागत मन्तव्यसँगै मुक्तिनाथ दर्शन त्रैमासिकको नयाँ अङ्क लोकार्पित गरिएको थियो । मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका सर्वपक्षीय संस्थापक अध्यक्ष हाल संरक्षक, अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देलले संस्थागत मन्तव्य दिँदै यसको निरन्तरता सुनिश्चित भएको अभिव्यक्ति व्यक्त गरेका थिए ।
फ‍ोट‍ो
 मानव पुस्तक तथा मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका हरेक कार्यक्रम रोचक ढङ्गले सञ्चालन गरेबापत घुम्ती मुक्तक नेपालका संस्थापक अध्यक्ष निर्मलरमण पराजुलीलाई प्रशंसा पत्र प्रदान गरियो ।

         सम्मानित तथा पुरस्कृत व्यक्तित्वका  तर्फबाट भुवनहरि सिग्देल, लीला लुइटेल, चिरञ्जीवि भट्टराईले मन्तव्य दिएका थिए भने आजीवन सदस्यताको प्रमाण पत्र महेशप्रसाद रिजाललाई प्रदान गरिएको थियो ।  संस्थामा निरन्तर कार्य सम्पादन तथा सहयोग गरेबापत श्रवण मल्ल ठकुरी र हेमनलाई कदर पत्र प्रदान गरियो ।

         पुरस्कार संस्थापकद्वय हरिभक्त सिग्देल र कलानिधि दाहाललाई सम्मान पत्र प्रदान गरिएको कार्यक्रममा मानव पुस्तक परिकल्पनाकारद्वयमध्येका एक, मुक्तिनाथ दर्शन साहित्य समाज, नेपालका सल्लाहकार  साहित्यकार विष्णुप्रसाद पन्तले आकर्षक धन्यवाद मन्तव्य व्यक्त गरेलगत्तै सभापतिको मन्तव्यसँगै कार्यक्रम समापन भएको थियो । 

ट्यागहरू:
literature news
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू