झापाली साहित्य समाजको 'शब्द यात्रा' कार्यक्रममा सम्पन्न
झापा ७ चैत्र /झापाली साहित्य समाजको आयोजनामा शुक्रबार 'शब्द यात्रा' कार्यक्रममा सम्पन्न गरिएको छ।
कार्यक्रमको झापाली साहित्य समाजका अध्यक्ष हरि बरालको अध्यक्षता तथा साहित्यकार,लेखक,राष्ट्रिय सभाका माननीय सांसद गोपालकुमार बस्नेतको प्रमुख आतिथिमा कार्यक्रम सम्पन्न गरिएको थियोे ।
कार्यक्रममा देशको परिवेशको सन्दर्भ उठाउँदै सार्थक लेखनमा साहित्यकारहरुले कलम चलाउनुपर्ने बिचार प्रमुख अतिथि बस्नेतले राखेका थिए।
विराट पोखरी सरोवर वहुउद्देश्यीय विकास समितिको सहआयोजना तथा कोशी साहित्य कला परिषद, नेपालको संयोजनमा विराट पोखरी परिसरमा भएको 'शब्द यात्रा' शीर्षकको भव्य कार्यक्रममा झापा,मोरङ ,सुनसरी,इलाम र भारतबाट आएका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशिष्ट आतिथिका रुपमा प्राडा.भीम खतिवडा (धरान),छवि वैरागी,केशु विरही (मोरङ),मुक्ति उपाध्याय बराल (सिलिगुडी),मिलन रुचाल (सिलीगुडी), प्राज्ञ मुनाराज शेर्मा,विष्णु भण्डारी आचार्य,नवराज पोखरेल,चिरञ्जीवी काफ्ले,पुण्यप्रसाद खरेल,कृष्ण बराल,होम सुवेदी,शिरो सान्दाइ,कुमार भट्टराई, गोपीकृष्ण प्रसाईं,खिलप्रसाद शिवाकोटी,भवानी क्षेत्री, देवराज शर्मा, मिलनकुमार ढुङ्गाना, विरही अधिकारी, विवश बलिभद्र कोइराला, देवीभक्त श्रेष्ठ आदिलाई आसन ग्रहण गराउँदै कार्यक्रमको सञ्चालन लीला अनमोलले गरेकि थिइन् ।
कार्यक्रममा 'कोशी साहित्य कला परिषद' केशु विरही, देवकोटा संघ सिलीगुडीका अध्यक्ष मिलन रुचाल, साहित्यकार प्राडा.भीम खतिवडा र मुक्ति उपाध्याय बराल लगायतले मन्तव्य राखेका थिए।।
काव्यगोष्ठीमा देशु सुब्बा,गणेश निरौला,छवि वैरागी,रोमा निरौला भट्टराई,खगिन्द्रा खुसी,प्रदीप दाहाल,देवराज शर्मा,विवश बलिभद्र कोइराला,पवन ढुङ्गेल,होम सुवेदी, नवराज नवशीला,सानु विशाल,प्राडा.भीम खतिवडा, मनोज कार्की,चिरञ्जीवी काफ्ले,विष्णु भण्डारी आचार्यलगायत आफ्नो सृजना वाचन गरेका थिए ।