चहारेर आटो

गोविन्द प्रसाद वराल पोष्ट - खगिन्द्रा खुसी · कार्तिक ८, २०८१ ७:४३ AM
Cover Image for News

                                                                 भुजङ्गप्रयात्

 तिमी जन्मिएका कुना कन्दराले 

कता छौ भनी बेसरी खोज्न थाले 

तिमी बैगुनी भै लत्याएर माटो 

डुलेका डुल्यै छौ चहारेर आटो ।।

 

यतै छन् मिठा बास्मती स्याउ तामा

यतै बासना छन् मकैका फुलामा

भकारी छ कोदो यहीं ब्यूपुला छन्

बगेको छ पानी नदी वा कुला छन् ।।

 

तिमी मात्र आए सबै मिल्छ चाँजो

तिमीले फुटाले सबै फुट्छ बाँझो

अशक्ता र बृद्धा रुँघी बस्नलाई

हुँदैह्वैन धर्ती बुझौं यत्ति भाइ ।।

 

तिमी फर्क आऊ हँसाऊ हिमाल

तिमी मुस्कुराऊ नाचाऊ हिमाल

तिमी हाँस आऊ हाँसाऊ पहाड

तिमी नाच आऊ नाचाऊ पहाड ।।

 

तिमी फर्क आऊ हँसाऊ तराई

तिमी मुस्कुराऊ नाचाऊ तराई

तिमी सल्बलाऊ पुरा देश हाँसोस्

तिमी नाच आऊ पुरै देश नाचोस् ।।

 

तिमी फर्किएमा मुमाले बुबाले

यसै धर्तिका बृक्षले बालुवाले

नियास्रो र एक्लो पना दूर गर्दै

विनाई खुशीले हुँकार्लान् मुसार्दै ।।

ट्यागहरू:
सहित्य कविता literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५