चहारेर आटो

गोविन्द प्रसाद वराल पोष्ट - खगिन्द्रा खुसी · कार्तिक ८, २०८१ ७:४३ AM
Cover Image for News

                                                                 भुजङ्गप्रयात्

 तिमी जन्मिएका कुना कन्दराले 

कता छौ भनी बेसरी खोज्न थाले 

तिमी बैगुनी भै लत्याएर माटो 

डुलेका डुल्यै छौ चहारेर आटो ।।

 

यतै छन् मिठा बास्मती स्याउ तामा

यतै बासना छन् मकैका फुलामा

भकारी छ कोदो यहीं ब्यूपुला छन्

बगेको छ पानी नदी वा कुला छन् ।।

 

तिमी मात्र आए सबै मिल्छ चाँजो

तिमीले फुटाले सबै फुट्छ बाँझो

अशक्ता र बृद्धा रुँघी बस्नलाई

हुँदैह्वैन धर्ती बुझौं यत्ति भाइ ।।

 

तिमी फर्क आऊ हँसाऊ हिमाल

तिमी मुस्कुराऊ नाचाऊ हिमाल

तिमी हाँस आऊ हाँसाऊ पहाड

तिमी नाच आऊ नाचाऊ पहाड ।।

 

तिमी फर्क आऊ हँसाऊ तराई

तिमी मुस्कुराऊ नाचाऊ तराई

तिमी सल्बलाऊ पुरा देश हाँसोस्

तिमी नाच आऊ पुरै देश नाचोस् ।।

 

तिमी फर्किएमा मुमाले बुबाले

यसै धर्तिका बृक्षले बालुवाले

नियास्रो र एक्लो पना दूर गर्दै

विनाई खुशीले हुँकार्लान् मुसार्दै ।।

ट्यागहरू:
सहित्य कविता literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कोल्पुको कलकल तीरमा
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५