चाहना

कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे · चैत २०, २०८२ १०:५७ AM
Cover Image for News

कविता 

चाहना
            – कर्ण गुरुङ 

जीवन यस्तो होस्
ता कि म जिएको कसैलाई थाहै नहोस्,
अनि
मेरो मृत्यु यस्तो होस्
ता कि
म मरेको पनि कसैलाई थाहै नहोस्। 
तर
जीवन र मृत्युको आभास 
मात्र मलाई थाहा होस्। 

म को हुँ भनेर
मैले मात्र चिन्न सकूँ। 

हुरी-बतास, चिसो-तातो,
तल-माथि, सुख-दुःख सबै
मलाई मात्र थाहा होस्। 

म जिउँदै छु,
मात्र मलाई थाहा होस्। 

म मर्दै छु,
मात्र मलाई थाहा होस्। 

सारा कर्मको सम्बन्ध तोडेर
कहिल्यै नफर्किने गरी
यो आत्माले पनि
निर्वाण प्राप्त गर्न सकोस्।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६