चाहना
कविता
चाहना
– कर्ण गुरुङ
जीवन यस्तो होस्
ता कि म जिएको कसैलाई थाहै नहोस्,
अनि
मेरो मृत्यु यस्तो होस्
ता कि
म मरेको पनि कसैलाई थाहै नहोस्।
तर
जीवन र मृत्युको आभास
मात्र मलाई थाहा होस्।
म को हुँ भनेर
मैले मात्र चिन्न सकूँ।
हुरी-बतास, चिसो-तातो,
तल-माथि, सुख-दुःख सबै
मलाई मात्र थाहा होस्।
म जिउँदै छु,
मात्र मलाई थाहा होस्।
म मर्दै छु,
मात्र मलाई थाहा होस्।
सारा कर्मको सम्बन्ध तोडेर
कहिल्यै नफर्किने गरी
यो आत्माले पनि
निर्वाण प्राप्त गर्न सकोस्।
ट्यागहरू:
साहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६
गाउँ जाने बाटो
कवि-विराट किराती पोष्ट-दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
✍️ टंक विकल्प पोष्ट-दिलिप घिमिरे - बिहिबार १० सेप्टेम्बर २०२६
सम्झौता र मौनता
Admin - बिहिबार १० सेप्टेम्बर २०२६