बिर्तामोडमा चर्चित कवि नवराज पराजुलीको `झापा कविता कन्सर्ट´हुने

दिलिप घिमिरे · वैशाख ९, २०८३ १०:३८ PM
Cover Image for News

झापा ९ बैशाख /बिर्तामोडमा चर्चित कवि नवराज पराजुलीको `झापा कविता कन्सर्ट´आयोजना गरिने भएको छ। 

पराजुलीको पद्मश्री पुरस्कार जित्न सफल कविता कृति सगरमाथाको गहिराइ प्रकाशन भएको दश बर्ष पुगेको अवसरमा नेपाली साहित्य डट कमले `झापा कविता कन्सर्ट´गर्न लागेको हो।

कार्यक्रममा उपस्थितिका लागि बिर्तामोडको विभिन्न स्थानमा टिकट उपलब्ध रहेको र एक हजार रुपैयाँको टिकट खरिदमा कविता कृति सगरमाथाको गहिराइ नि:शुल्क प्राप्त गर्न सकिने आयोजक भनाइ छ।

कार्यक्रम बिर्तामोडस्थित होटल किङ्सबरीमा यहि बैशाख १८ गते शनिबार,दिउसो २ बजे `झापा कविता कन्सर्ट´को आयोजना गरिने नेपाली साहित्य डट कमका सिइओ अर्जुन उप्रेतीले बताए । 
पराजुलीले साहित्यिक यात्रा गजलबाट सुरु गरे । त्यससँग अन्य केही कविता पनि लेखे । तर सगरमाथाको गहिराइले उनको परिचयलाई चम्किलो बनाइदियो।प्रकाशित कविता संग्रहको कुरा गर्ने हो भने उनको एउटै मात्र कृति प्रकाशित छ अहिलेसम्म। ‘सगरमाथाको गहिराइ।’ त्यसपछि उनको साहित्यिक यात्रा निरन्तर छ।उनी हरेक समय साहित्य सिर्जनामा लागिरहेका हुन्छन्।तर उनी अर्को संग्रह प्रकाशित धेरै नै हतारो गर्ने पक्षमा छैनन् ।

दश बर्ष भयो पहिलो कृति प्रकाशन गरेको ।सायद उनलाई सबैले सोध्ने प्रश्न यही होला,कहिले आउँछ दोस्रो कृति ?‘कृति तयारीका लागि काम भइरहेको र केही समय लाग्ने बताउछन् पराजुली।’ 

नवराजलाई नेपाली साहित्यमा फरक प्रयोग गर्ने साहित्यकारका रूपमा चिनिन्छ।उनी कहिले  कवितामा संगीत संयोजन गरेर म्युजिक भिडियोमार्फत पनि व्यक्त गरिरहेका हुन्छन् भने कहिले स्टेजमा कलात्मक रूपले प्रस्तुत गरिदिन्छन् । तर उनले जसरी आफ्नो सिर्जनालाई प्रस्तुत गरेका छन्,सबै दर्शकले मन पराइदिएका छन्।त्यसैले पनि होला उनी दर्शकप्रति अत्यन्तै आभारी छन् । 
कृति प्रकाशन गरेको दश बर्ष पुगेको यो सुखद क्षणमा दर्शक तथा पाठकहरुलाई कार्यक्रममार्फत आभार प्रकट गर्न चाहन्छन् कवि।

ट्यागहरू:
साहित्य# कला गीत संगीत #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।