बिर्तामोडको सनलाइट म्युजिक स्टुडियो एण्ड स्कुलले मनायो ३०औँ वार्षिकोत्सब

दिलिप घिमिरे · वैशाख ६, २०८३ ११:०५ AM
Cover Image for News

झापा ६ बैशाख /बिर्तामोडको सनलाइट म्युजिक स्टुडियो एण्ड स्कुलले आफ्नो ३०औँ वार्षिकोत्सब शनिबार सम्पन्न गरेको छ।

विविध सांगीतिक कार्यक्रम संस्थाका प्रबन्ध निर्देशक कृष्ण योञ्जनको अध्यक्षता र कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री चिन्तन पाठक प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।
कार्यक्रममा रेडियो नेपाल मार्फत गायन तथा संगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएका संगीत साधक भरत लामा र भजन गायनमा लोकप्रिय युवा स्रष्टा दुर्गा ओलीलाई सम्मान गरिएको थियो।

बिर्तामोडस्थित होटल किंसबेरीमा आयोजित समारोहमा विद्यार्थी तथा प्रशिक्षकहरूको सक्रिय सहभागितासहित उत्साहजनक माहोल देखिएको थियो।
कार्यक्रममा करिब तीन दर्जनभन्दा बढी गायन प्रस्तुति प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्‍यो।

२०५३ सालमा स्थापना भएको उक्त संस्थाले हालसम्म हजारौँ विद्यार्थीलाई संगीत शिक्षा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दक्ष कलाकार उत्पादन गर्न सफल भएको जनाएको छ।

फोटो
सनलाइटबाट प्रशिक्षण प्राप्त गरेका तारा लक्सम, जोनी योञ्जन,डम्बर नेपाली, ताराप्रकाश लिम्बू, उमेश खड्का,एलिना चौहान,अनिश श्रेष्ठ,रोसा फुयाल,दुर्गा ओली,विपिन सुब्बा,रोहन रिजाल, सविना योङहाङ,टिकाराम श्रेष्ठलगायत कलाकारहरू अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएका छन्। 

कार्यक्रममा प्रमुख अतिथि चिन्तन पाठक,सम्मानित व्यक्तित्व भरत लामा तथा विशेष अतिथि गीतकार  रचनाकार चन्द्र भण्डारीले शुभकामना मन्तव्य राखेका थिए।
समारोहको सुरुवात विद्यालयकी सञ्चालक हेमा भण्डारी योञ्जन सहितका विद्यार्थीहरूले ‘खुसी छौं हामी’ बोलको स्वागत गीतबाट गरेका थिए।
कार्यक्रमको सञ्चालन भने स्रष्टा सुनिता तामाङले गरेकी थिइन्।
तीन दशकको यात्रामा संगीत शिक्षा र प्रतिभा उत्पादनमा पुर्‍याएको योगदानलाई कार्यक्रममा विशेष रूपमा स्मरण गरिएको थियो।
यसअघि पनि संस्थाले शिवशंकर थापा,चन्द्र भण्डारी, स्व. खेमराज गुरुङ,बाबु बोगटी,जगदिश समाल,भीषण मुकारुङ, हस्त परियार, कुलबा सुब्बा, राजेश घतानी, इश्वरी श्रेष्ठ,सुवास मेचे,स्व.फुर्वा योञ्जन,दिपक ओली, उमेश खड्का,गोविन्द फुयाल,निशान्त दाहाल,पुष्पन प्रधान,डा.सुदीप भट्टराई,सविना योङहाङलगायतलाई सम्मान गरिसकेको छ।

ट्यागहरू:
साहित्य# कला गीत संगीत #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।